क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा ८७ करोड रुपैयाँले वृद्धि

Technology Khabar ५ बैशाख २०७९, सोमबार

क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा ८७ करोड रुपैयाँले वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

फागुन महिनामा क्यूआर कोडमार्फत ७ अर्ब ७६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

यो आँकडा पुष मसान्तसम्म ६ अर्ब  ५२ करोड ५० लाख तथा माघ मसान्तसम्म ६ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबर रहेको थियो।

यसरी हेर्दा माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनाको अवधिमा क्यूआर कोडमार्फत भएको कारोबार रकम ८७ करोड पैयाँले वृद्धि भएको देखिन्छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको फागुन मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्या पनि रकम झैं बढ्दो क्रममा गएको पाइएको छ।

यो अवधिमा क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या  २३ लाख ७ हजार ९०४ रहेको छ। जबकी एक महिना अघि अर्थात् माघ मसान्तसम्म यो आँकडा १७ लाख ८२ हजार ३६३ रहेको थियो।

यसरी हेर्दा एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या ५ लाख २५ हजार ५४१ ले बढ‍ेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

easy care

प्रकाशित: ५ बैशाख २०७९, सोमबार