टीएसएमसीद्वारा ३एनएम र २एनएम चिप सार्वजनिक गर्ने मिति तय

Technology Khabar ४ बैशाख २०७९, आईतवार

टीएसएमसीद्वारा ३एनएम र २एनएम चिप सार्वजनिक गर्ने मिति तय

काठमाडौं ।

चिनियाँ चिप निर्माता टीएसएमसीले आफ्ना ३एनएम र २एनएम प्रोसेसमा बनेका चिपहरु सार्वजनिक गर्ने मिति तय गरेको छ।

कम्पनीले यी दुवै खाले चिपको उत्पादन यसै वर्षको दोस्रो त्रैमास सकिएपछि शुरु हुने र यी चिप राखेर निर्माण हुने डिभाइसहरुको डेलिभरी भने आउँदो वर्षमात्र हुने गिजचाइनाले उल्लेख गरेको छ।

टीएसएमसीले ३एनएम प्रोसेस प्रविधिको मापदण्ड अनुसारका ३० देखि ३५ हजार सिलिकन वेफर उत्पादन गर्ने बुझिएको छ।

यस्ता नयाँ चिपसेटको माग असंख्य मात्रामा हुने र कम्पनी उक्त माग पूरा गर्न सक्षम हुने कम्पनीका सीईओले विश्वास लिएका छन्। हालैका प्रक्षेपणहरुका अनुसार पहिलो वर्षमा ३एनएम चिपको उत्पादन ५ तथा ७ एनएम प्रोसेसरको उत्पादनको सट्टामा गरिनेछ।

एप्पल ३एनएम चिपको पहिलो ग्राहक हुन सक्ने आकलन गरिएको छ। नयाँ आईप्याड वा आईफोनमा यसको प्रयोग हुन सक्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

ताजा समाचार