रियलमी ९ प्रो+ फ्री फायर लिमिटेड एडिशन थाइल्याण्डमा सार्वजनिक

Technology Khabar १ बैशाख २०७९, बिहीबार

रियलमी ९ प्रो+ फ्री फायर लिमिटेड एडिशन थाइल्याण्डमा सार्वजनिक

काठमाडौं ।

चिनियाँ ब्राण्ड रियलमीले आफ्नो निकै चर्चामा रहेको ९ प्रो+ फ्री फायर लिमिटेड एडिशन स्मार्टफोन थाइल्याण्डमा सार्वजनिक गरेको छ।

केही समययता लीक तथा चर्चामा मात्र सीमित यो डिभाइस अन्तत: आधिकारिक रुपमा सार्वजनिक गरिएको हो।

जीएसएमएरिनाका अनुसार यो फोनको डिजाइन गेमिङलाई लक्षित गरिएको अनुपम खालको रहेको छ। यो फ्री फायर थिमको विशेष खुद्रा प्याकेजिङमा आउने बताइएको छ।

नयाँ डिजाइनबाहेक यो रियलमी ९ प्रो+ को स्पेसिफिकेशन यसअघिका अन्य रियलमी ९ प्रो+ जस्तै नै छ। यो फ्री फायर लिमिटेड एडिशनको मूल्य ११ हजार ९९९ भाट अर्थात् लगभग ३५७ डलर तोकिएको छ।

यो मूल्यमा उक्त डिभाइसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्ट उपलब्ध हुन्छ।

यो डिभाइसको स्क्रीन ९० हर्ज रिफ्रेश रेटयुक्त ६.४ इन्च १०८०x२४०० पिक्सेलको रहेको छ। यस्तै यसमा डाइमेन्सिटी ९२० चिपसेट, पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेट अप दिइएको छ।

सेल्फीका लागि १६ मेगापिक्सेल शूटर राखिएको यो डिभाइस मा ६० वाट फास्ट चार्जिङसहितकव ४५०० एमएएच ब्याट्री राखिएको छ। यसमा एन्ड्रोइड १२ तथा रियलमी यूआई ३.० समावेश छ।

easy care

प्रकाशित: १ बैशाख २०७९, बिहीबार