कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामा ३७ अर्ब रुपैयाँले बढ्यो

Technology Khabar २९ चैत्र २०७८, मंगलवार

कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम एक महिनामा ३७ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ३७ अर्ब ४३ करोड ६० लाख रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् माघ महिनाभरी ३१ लाख ४० हजार १८० कारोबार भएकामा यो सङ्ख्या फागुन मसान्तसम्ममा आइपुग्दा १ लाख ९९ हजार ३७४ ले बढेर ३३ लाख ३९ हजार ५५४ मा पुगेको छ।

कारोबार सङ्ख्या बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

माघ मसान्तसम्म २ खर्ब ६४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा ३७ अर्ब ४३ करोड ६० लाख रुपैयाँले बढेर २ खर्ब ७३ करोड ८५ लाख ८० हजार रुपैयँमा पुगेको छ।

easy care

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार