एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेस जुन ६ देखि १० सम्म हुने

Technology Khabar २३ चैत्र २०७८, बुधबार

एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेस जुन ६ देखि १० सम्म हुने

काठमाडौं ।

एप्पलको वर्ल्डवाइड डेभलपर कंग्रेस आगामी जुन ६ देखि १० सम्म हुने भएको छ।

यो सामान्यतया: जुन महिनामा आयोजना हुने एप्पलको वार्षिक इभेन्ट हो। विशेष गरी डेभलपरलाई लक्षित गरेर आयोजना गरिने इभेन्ट भए पनि यसमा उपभोक्ताको पनि निकै आकर्षण रहने गर्दछ।

यो इभेन्टमा सामान्यतया: आईओएसका नयाँ भर्सन सार्वजनिक गरिन्छ।

यस वर्षको कंग्रेस अनलाइनमा सञ्चालन हुने र सबै डेभलपरहरुका लागि नि:शुल्क रहने बुझिएको छ।

यो इभेन्टमा एप्पलले आईओएस, आईप्याडओएस, म्याकओएस, वाभओएस तथा टीभीओएसको नयाँ भर्सनका बारेमा जानकारी पाउन सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

आफ्नो डेभलपर समुदायमा ३ करोड जना रहेको एप्पलको दावी छ।

अनलाइन कन्फ्रेन्सबाहेक एप्पलले डेभलपर तथा विद्यार्थीहरुका लागि एप्पल पार्कमा जुन ६ मा एउटा स्पेशल डे पनि आयोजना गर्ने बुझिएको छ जसमा सहभागीले किनोट तथा स्टेट अफ ल यूनियनको भिडियो एकैसाथ अन्य समुदायसँग हेर्न सक्नेछन्।

easy care

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

ताजा समाचार