ब्याट्री सकिने समस्या समाधानका लागि आईओएस १५.४.१ र आईप्याडओएस १५.४.१ रिलिज गर्दै एप्पल

Technology Khabar १८ चैत्र २०७८, शुक्रबार

ब्याट्री सकिने समस्या समाधानका लागि आईओएस १५.४.१ र आईप्याडओएस १५.४.१ रिलिज गर्दै एप्पल

काठमाडौं ।

एप्पलले आफ्ना मोबाइल डिभाइसहरुका लागि नयाँ राउन्डको सफ्टवेयर अपडेट रिलिज गर्ने भएको छ।

यो रिलिजमा सपोर्ट गर्ने सबै आईफोनका लागि आईओएस १५.४.१ तथा आईप्याडका लागि आईप्याडओएस १५.४.१ लगायत रहेका छन्।

यो एउटा सामन्य अपडेटका रुपमा आउने र कुनै नयाँ फिचर समावेश नगरिने बुझिएको छ। जीएसएमएरिनाका अनुसार केही समयअघि देखि देखिएको ब्याट्री छिट्टै सकिने समस्याको भने समाधान यसमा दिइएको छ।

यो अपडेट इन्स्टल गरेपछि आउने रिलिज नोटमा आईओएस १५.४ अपडेटपछि देखिएको उक्त आईफोन र आईप्याडको ब्याट्री छिट्टै सकिने समस्या समाधान हुने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार