एप्पलले अबदेखि हराएका र चोरी भएका आईफोनहरु मर्मत नगर्ने

Technology Khabar १७ चैत्र २०७८, बिहीबार

एप्पलले अबदेखि हराएका र चोरी भएका आईफोनहरु मर्मत नगर्ने

काठमाडौं ।

एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले जीएसएमए डिभाइस रजिस्ट्रीमा हराएका वा चोरिएका भनी सूचीकृत आईफोनहरु मर्मत नगर्ने भएका छन्।

आधिकारिक एप्पल सर्भिस सेन्टरहरुलाई पठाइएको एउटा आन्तरिक पत्रमा कम्पनीले प्राविधिकहरुलाई मोबाइलजिनियस वा जीएसएक्स सिस्टममा हराएका वा चोरिएका भनी सूचीकृत आईफोन मर्मतका लागि ल्याएमा अस्विकार गर्न निर्देशन दिइएको म्याकरुमर्सले उल्लेख गरेको छ।

जीएसएमए ग्लोबल रजिस्ट्री डिभाइसहरुको सिरियल नम्बर तथा चोरिएको, हराएकव वा ठगी गरिएको जस्ता स्टाटससहित डाटाबेस राख्ने प्लेटफर्म हो।

उक्त रजिस्ट्रीले कुनै पनि डिभाइस पेमेन्ट प्लानमा रहेको छ भने त्यो पनि देखाउने गर्छ।

यसरी सूचीकृत स्टाटसमा चोरी भएको देखिएमा नेटवर्क एक्सेस ब्लक गर्ने तथा पुन: किनबेच रोक्ने गरिन्छ। यस्तो जानकारीले डिभाइससम्बन्धी अपराध, डिजिटल ठगी तथा सुरक्षासम्बन्धी समस्याबाट जोगिन मद्दत गर्ने बीजीआर डट आईएनले जनाएको छ।

एप्पलको यो नयाँ नीति प्राविधिकहरु तथा आधिकारिक सर्भिस सेन्टरहरुलाई गलत हातमा परेका डिभाइस मर्मतबाट रोक्नका लागि ल्याइएको बुझिएको छ।

easy care

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

ताजा समाचार