एप्पलले आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्दै

Technology Khabar ११ चैत्र २०७८, शुक्रबार

एप्पलले आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्दै

काठमाडौं ।

एप्पल इंकले आफ्नो सस्तो आईफोन एसईका लागि कार्बनरहित आल्मुनियम खरिद गर्ने भएको छ।

कम्पनीले हालै उक्त धातुको औद्योगिक-आकारको पहिलो ब्याच खरिद गर्न लागेको र यसको कारण आफूले केसिङका लागि प्रयोग गर्ने धातुबाट हुने कार्बन उत्सर्जन घटाउनु रहेको बताएको छ।

कुन साइज र परिमाणको आल्मुनियम खरिद गरिएको भन्नेबारे कुनै विवरण नदिइएको रोयटर्सले जनाएको छ।

कम्पनीले आईफोन लगायत डिभाइसका केसिङका लागि प्रयोग गर्ने धातुबाट प्रत्यक्ष रुपमा हरितगृह ग्यास उत्पन्न हुने र यसले उपभोक्ता, अधिकारकर्मी तथा लगानीकर्ताहरुको चिन्ता बढाएका कारण यसलाई कम गर्ने प्रयासमा लाग्दै आएको छ।

एप्पलले सन् २०१९ मा पहिलोपटक ल्याबमा बनेको धातुको सानो ब्याच मोन्ट्रियलमा रहेको एलिसिस नामक कम्पनीबाट किनेको थियो। उक्त धातु १६ इन्चको म्याकबुक प्रोमा प्रयोग गरिएको थियो।

एलिसिसले शुरुमा आल्मुनियम बनाउन आफ्नो सेरामिक एनोडको प्रयोग गर्ने प्रविधिलाई व्यावसायिक बनाउने र सन् २०२४ सम्ममा उक्त प्रक्रियामा कार्बन नभई अक्सिजनमात्र उत्सर्जन हुने योजना बनाएको रोयटर्सले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार