गुगलको अन्डरसी केबलले टोगोलाई यूरोपसँग जोड्ने

Technology Khabar ६ चैत्र २०७८, आईतवार

गुगलको अन्डरसी केबलले टोगोलाई यूरोपसँग जोड्ने

काठमाडौं ।

गुगलको इक्विनो नामको पहिलो अन्डरवाटर इन्टरनेट केबलको पहिलो ब्याच टोगो गणतन्त्रको लोममा बिछ्याइएको छ।

कम्पनीले दक्षिण अफ्रिकाको केप टाउनदेखि पोर्चुगलको लिस्बनसम्म पुग्ने उक्त केबलको पहिलो ब्याच ओछ्याइएको शुक्रबार घोषणा गरेको हो।

यो भयंकर फाइबर अप्टिक केबल अफ्रिकादेखि यूरोपसम्म विस्तार हुने गुगलको पहिलो केबल हुने र यसले दुवै महादेशका लाखौं मानिसहरुमाझ इन्टरनेट सुविधा पुर्याउने अपेक्षा गरिएको छ।

यो विशेषगरी टोगोका लागि बढी फाइदाजनक हुने इन्ग्याजेटले उल्लेख गरेको छ। डाटारिपोर्टलका अनुसार टोगोका ७४ प्रतिशत जनता इन्टरनेट सुविधाबाट वञ्चित छन्।

यो केबलले उक्त क्षेत्रमा २० गुणा बढी क्षमताको इन्टरनेट प्रदान गर्ने अपेक्षा गरिएको छ।

गुगलले झण्डै १ दशकअघि सबसी केबल इन्टरनेटका बारेमा अनुसन्धान गर्न शुरु गरेको थियो।

कम्पनीले सन् २०१० मा काम शुरु गरेको र जापानको चिकुरादेखि क्यालिफोर्नियाको रोडेन्डो बिचसम्म पुग्ने आफूमातहतको केबल परियोजना यूनिटीमार्फत् यस्तो अनुसन्धान गरेको थियो।

कम्पनीले आफैं तथा साझेदारहरुसँग मिलेर जम्मा १९ ओटा अन्डरसी केबलहरुमा लगानी गरिसकेको छ।

कम्पनीको सबैभन्दा पछिल्लो अन्डरसी केबल परियोजना सन् २०२१ मा भर्जिनया बिचदेखि फ्रेन्च कोस्टसम्म फैलिएको डुनान्ट रहेको इन्ग्याजेटले जनाएको छ।

easy care

प्रकाशित: ६ चैत्र २०७८, आईतवार