एप्पलद्वारा रिफर्बिश्ड आईफोन १२ तथा १२ प्रो बिक्री गर्न शुरु

Technology Khabar १ चैत्र २०७८, मंगलवार

काठमाडौं ।

एप्पलको आधिकारिक रिफर्बिश्ड सेन्टरले आईफोन १२ तथा १२ प्रो मोडलहरु बिक्रीका लागि उपलब्ध गराएको छ।

एप्पलको आधिकारिक रिफर्बिश्ड स्टोरबाट किनिएका डिभाइसमा नयाँ ब्याट्री, नयाँ हाउजिङ, १ वर्षको वारेन्टी तथा आवश्यक परेको खण्डमा एप्पलका सक्कली पार्टपुर्जा परिवर्तनसम्मको सुविधा पाइने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसबाहेक यी डिभाइसहरु नि:शुल्क डेलिभरी तथा फिर्ता पनि हुने र यसमा एउटा पछिल्लो ओएस पनि इन्स्टल भएको हुने बुझिएको छ। यसमा मौलिक बक्स भने उपलब्ध हुँदैन।

६४ जीबीको रिफर्बिश्ड आईफोन १२ किन्दा ११०, १२८ को मा १२०,  १२८ जीबीको १२ प्रोमा १४०, २५६ जीबीको १२ प्रो मा १५० र ५१२ जीबीको १२ प्रो मा १८० डलर बचाउ गर्न सकिने बताइएको छ।

easy care

प्रकाशित: १ चैत्र २०७८, मंगलवार