सामसङद्वारा गुड लक २०२२ सार्वजनिक, के छ विशेषता?

Technology Khabar १२ फाल्गुन २०७८, बिहीबार

सामसङद्वारा गुड लक २०२२ सार्वजनिक, के छ विशेषता?

काठमाडौं ।

सामसङले नयाँ रिलिज भएको सफ्टवेयरलाई सपोर्ट गर्ने गुड लक मोड्युल अपडेट गरेको छ।

कम्पनीले गत वर्ष सार्वजनिक गरेको ग्यालेक्सी एस२१ सिरिजमा वन यूआई ४.० को स्टेबल भर्सन दिएको थियो।

कम्पनीले अहिले भने वन एन्ड्रोइड १२ मा आधारित यूआई ४.० केही डिभाइसहरुका लागि रिलिज गरेको हो भने अब भने अझै अपडेट गरिएको गुड लक मोड्युल रोल आउट गर्न तयार भएको हो।

सामसङ फोरममा हालै गरिएको पोस्टमा गुड लक टिमका एक सदस्यले कम्पनीले गुड लक २०२२ बुधबार रोल आउट हुने उल्लेख गरेका थिए।

यो अपडेटेड मोड्युल एक हप्तामा उपलब्ध हुने बताइएको छ।

अपडेटेड किड्स क्याफेले यूजरलाई आफ्नै कस्टम स्टिकर बनाउन सहयोग गर्नेछ जसलाई उनीहरुले सामसङ किबोर्डमा प्रयोग गर्न सक्नेछन्।

यस्तै नाइस शट्सको स्क्रीनशट फिचरमा नयाँ सेटिङ आउँदैछ जसले स्क्री क्याप्चर गर्नेबित्तिकै डिलिट बटन इनेबल  गरिदिनेछ।

वन्डरल्यान्ड मोड्युलमा पोर्ट्रेट मोडका फोटो प्रयोग गरी थ्रीडी इफेक्ट क्रियट गर्ने सुविधा थपिएको छ। यस्तै वन ह्यान्ड अपरेशन+ मा दुई ओटा नयाँ जेस्चर एक्शन थपिनेछन्।

easy care

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

ताजा समाचार