आईफोन १४ का लागि फाइभजी मोडम बनाउने सम्पूर्ण अर्डर टीएसएमसीलाई

Technology Khabar ११ फाल्गुन २०७८, बुधबार

आईफोन १४ का लागि फाइभजी मोडम बनाउने सम्पूर्ण अर्डर टीएसएमसीलाई

काठमाडौं ।

एप्पलको आईफोन १४ का लागि आवश्यक सम्पूर्ण फाइभजी मोडम निर्माण गर्ने जिम्मा टीएसएमसीले पाएको छ।

हालै चिनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक भएको एउटा रिपोर्ट अनुसार टीएसएमसी आईफोन १४ सिरिजका लागि आवश्यक सम्पूर्ण फाइभजी मोडमको अर्डर लिन तयार रहेको हो।

हालको यो जानकारी यसअघि आएका जानकारीहरुसँग भने बाझेको छ। यसअघि टीएसएमसीले एप्पलका लागि आंशिक मोडमहरुमात्र बनाउने बताइएको थियो।

यसरी चर्चामा आएको फाइभजी मोडम टीएसएमसीको ६एनएन नोडमा बन्ने र यो हाल आईफोनहरुमा प्रयोग हुँदै आएका क्वालकमका चिपहरुका तुलनामा निकै सुधारात्मक हुने जीएसएमएरिनाले जनाएको छ।

यी मोडमहरुले उर्जा खपत पनि कम गर्ने बताइएको छ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार