एप्पलले आगामी मार्चमा नयाँ म्याक सार्वजनिक गर्ने, यो वर्षभित्र ७ ओटा मोडल आउने

Technology Khabar ९ फाल्गुन २०७८, सोमबार

एप्पलले आगामी मार्चमा नयाँ म्याक सार्वजनिक गर्ने, यो वर्षभित्र ७ ओटा मोडल आउने

काठमाडौं ।

एप्पलले आगामी मार्चमा र त्यसपछि मे/जुन महिनामा पनि नयाँ आईम्याक सार्वजनिक गर्ने भएको छ।

नयाँ मोडलका म्याकबुक सार्वजनिक भएसँगै यो वर्ष एप्पलको चिपमा निकै परिमार्जन आउने अपेक्षा गरिएको छ।

हालै ब्लूमबर्गका लागि मार्क गर्मनले तयार पारेको एउटा रिपोर्टमा यो वर्ष एप्पलको आफ्नै चिपयुक्त ७ ओटा मोडलका नयाँ म्याक कम्प्युटरहरु आउन सक्ने उल्लेख गरिएको छ।

गर्मनले आफ्नो पावर अन न्यूजलेटरको नयाँ संस्करणमा एउटा नयाँ एम२ चिप, गत वर्षको एम१ प्रो तथा एम१ म्याक्स चिप तथा एम१ म्याक्सको सुपर पावर भर्सन चिप प्रयोग भएका विभिन्न मोडलका म्याक उपलब्ध हुने जनाएका ९टू५म्याकले उल्लेख गरेको छ।

गर्मनका अनुसार एम१ प्रो चिपयुक्त एउटा नयाँ म्याक मिनी, एउटा १३ इन्चको एम२ चिपयुक्त म्याकबूक प्रो सार्वजनिक हुनेछन्।

यस्तै एउटा एम२ चिपयुक्त म्याक मिनी, एउटा एम२ चिपयुक्त २४ इन्चको आईम्याक, एउटा रिडिजाइन गरिएको म्याकबूक एयर, एम१ प्रो तथा एम१ म्याक्स चिपयुक्त एउटा ठूलो आईम्याक प्रो पनि सूचीमा रहेका छन।

यस्तै एप्पलको २ वा ४ ओटा एम१ म्याक्स चिपयुक्त आधा साइजको म्याक प्रो पनि एप्पलले यो वर्ष सार्वजनिक गर्ने गर्मनले जनाएका छन्।

easy care

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार