कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम बढ्दै, एक महिनामा १९ अर्ब रुपैयाँ थपियो

Technology Khabar २९ माघ २०७८, शनिबार

कनेक्ट आईपीएसमार्फत गरिएको कारोबार रकम बढ्दै, एक महिनामा १९ अर्ब रुपैयाँ थपियो

काठमाडौं ।

नेपालमा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पुष महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार कार्तिक मसान्तदेखि कनेक्टआईपीएस मार्फत् गरिएको रकम तथा सङ्ख्यामा वृद्धि हुँदै आएको पाइएको छ।

कार्तिक मसान्तसम्म २७ लाख ६० हजार ५०३ कारोबार भएकामा मंसिरमा यो आँकडा बढेर २८ लाख ९५ ६१७ मा आइपुगेको थियो।

वृद्धिको यही प्रवृत्तिलाई निरन्तरता दिँदै पुष मसान्तमा यो आँकडा ३१ लाख ४५ हजार ९५९ पुगेको छ। यसरी हेर्दा यो आँकडा अघिल्लो महिनाको तुलनामा २ लाख ५० हजार ३४२ ले बढेको हो।

कारोबार रकम पनि सङ्ख्याजस्तै केही बढेको प्रतिवेदनले देखाएको छ।

कार्तिक मसान्तसम्म २ खर्ब ३ अर्ब ३ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा मंसिर मसान्तसम्म यो रकम २५ अर्ब ४१ करोड ८० लाखले बढेर २ खर्ब २८ र्ब ४५ करोड ४० लाख पुगेको थियो।

यसकै निरन्तरतास्वरुप मंसिरदेखि पुष मसान्तसम्मको एक महिनामा  कनेक्टआईपीएस मार्फत् गरिएको कारोबार रकममा १९ अर्ब २ करोड रुपैयाँले बढेर २ खर्ब ४७ अर्ब ४७ करोड ४० लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएकव छ।

easy care

प्रकाशित: २९ माघ २०७८, शनिबार