गुगलले एन्ड्रोइड ट्याब्लेट इकाईलाई केही समय प्राथमिकतामा राख्ने

Technology Khabar १७ माघ २०७८, सोमबार

गुगलले एन्ड्रोइड ट्याब्लेट इकाईलाई केही समय प्राथमिकतामा राख्ने

काठमाडौं ।

अमेरिकी टेक जायन्ट गुगलले अबको केही समय आफ्नो एन्ड्रोइड ट्याब्लेट इकाईलाई प्राथमिकतामा राख्ने भएको छ।

एन्ड्रोइडका संस्थापकमध्येका एक रिच माइनरले एन्ड्रोइड ट्याब्लेटका क्षेत्रमा काम गरिरहेको हालै सार्वजनिक भएको कम्प्युटर वर्ल्डको रिपोर्टमा उल्लेख छ।

माइनरको लिंक्डइन पेजमा उनको हालको पद ‘सीटीओ एन्ड्रोइड ट्याब्लेट्स’  भन्ने लेखिएको छ भने उनी गत वर्षको मार्चदेखि यो पद सम्हाल्दै आएको पाइएको छ।

उनको मुख्य उत्तरदायित्व ठूला स्क्रीन भएका डिभाइसका लागि प्लेटफर्म तथा इकोसिस्टम टिममा रहेर सफ्टवेयर डेभलपमेन्टको नेतृत्व गर्नु रहेको गुगललले ईमेलमार्फत बताएको द भर्जले जनाएको छ।

एन्ड्रोइडको इतिहाससँग जोडिएका एक व्यक्तिलाई ट्याब्लेट क्षेत्रको नेतृत्व सुम्पिनु र अन्य केही कर्मचारीको सूची निकाल्नुले कम्पनीले एन्ड्रोइडका क्षेत्रमा फोन र ट्याब्लेटभन्दा अझै विशेष काम गर्न लागेको आकलन गर्न सकिन्छ।

माइनरले एन्ड्रोइड इंक नामक कम्पनीले एन्ड्रोइड डेभलप गर्दादेखि नै यससँग सम्बद्ध थिए। सोही कम्पनीको स्वामित्व पछि गुगलले अधिग्रहण गरेको थियो।

माइनरले एन्ड्रोइड इंक नामक कम्पनीले एन्ड्रोइड डेभलप गर्दादेखि नै यससँग सम्बद्ध थिए। सोही कम्पनीको स्वामित्व पछि गुगलले अधिग्रहण गरेको थियो।

easy care

प्रकाशित: १७ माघ २०७८, सोमबार