आफूमाथि परेका अधिकांश प्रतिस्पर्धाविरोधी मुद्दा खारेज गरिदिन न्यायाधीशसँग गुगलको आग्रह

Technology Khabar ९ माघ २०७८, आईतवार

आफूमाथि परेका अधिकांश प्रतिस्पर्धाविरोधी मुद्दा खारेज गरिदिन न्यायाधीशसँग गुगलको आग्रह

काठमाडौं ।

गुगलले आफूमाथि टेक्सस तथा अन्य राज्यमा परेका अधिकांश मुद्दा प्रतिस्पर्धाविरोधी मुद्दा खारेज गरिदिन न्यायाधीशलाई आग्रह गरेको छ।

कम्पनीले अनलाइन विज्ञापन बजारको वर्चस्वको दुरुपयोग गरेर अन्य प्रतिस्पर्धीहरुलाई व्यवसायमा आउन नदिएको भन्ने आफूमाथिको आरोपयुक्त मुद्दाहरु रद्द गरिदिन आग्रह गरेको हो।

कम्पनीले अदालतमा बुझाएको दस्तावेजमा पब्लिशरहरुले आफ्ना वेबसाइटमा प्रकाशित विज्ञापनबाट अझ बढी रकम आम्दानी गर्ने ‘हेडर बिडिङ’ प्रविधि प्रयोग गर्न अवैध रुपमा फेसबुकसँग साझेदारी गरेको पाइएको छ।

तर उक्त मुद्दामा फेसबुकलाई भने प्रतिवादी बनाइएको छैन।

राज्यले गुगललाई विज्ञापनकर्ता तथा प्रकाशकहरुलाई जबर्जस्ती आफ्ना टूलहरु लाद्नका लागि विज्ञापन अक्शनहरुलाई तोडमोड गर्न कम्तीमा तीन ओटा प्रोग्रामको सहयोग लिएको आरोपसमेत लगाएको छ।

गुगलले यसको जवाफमा राज्यले थुप्रै समस्याको सूची बनाएको तर हामीले गलत गरेको कुनै प्रमाण नभेटेको बताएको छ।

‘उनीहरुले गुगललाई आफ्ना उत्पादन प्रतिस्पर्धीलाई सुहाउने खालको नबनाएको भन्दै आलोचना गर्ने र प्रतिस्पर्धीलाई पछाडि नै छोड्ने उत्पादन सुधार ल्याएन पनि सुझाव दिन्छन्। उनीहरु गुगललाई पछि पार्नु नै गुगलको सफलताबाट सिर्जित समस्याको समाधान हो भन्ने सोच्छन्’,गुगलले आफ्ना दस्तावेजमा उल्लेख गरेको छ।

easy care

प्रकाशित: ९ माघ २०७८, आईतवार