युट्युब प्रिमियम र म्युजिकको लागि अब वार्षिक सदस्यता शुल्क उपलब्ध

Technology Khabar ५ माघ २०७८, बुधबार

युट्युब प्रिमियम र म्युजिकको लागि अब वार्षिक सदस्यता शुल्क उपलब्ध

काठमाडौं ।

भिडियो सेयरिङ्ग प्लेटफर्म युट्युबले आफ्ना सदस्य ग्राहकहरुको लागि नयाँ प्रबर्द्धनात्मक सहुलियत सेवा शुल्क ल्याएको छ।

यदि तपाईं संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, रूस, टर्की, जर्मनी, थाइल्याण्ड, भारत वा जापानमा बस्नुहुन्छ भने तपाईंले अब युट्युब प्रिमियम र म्युजिकको लागि छुट मूल्यमा वार्षिक सदस्यताहरू लिन सक्नुहुन्छ।

यो प्रस्ताव उल्लेखित देशहरूमा मात्र सीमित देखिन्छ र हप्ताको अन्त्यसम्म वा जनवरी २३ सम्म एक विशेष प्रोमो मूल्यको साथ मान्य रहेको छ।

अमेरिकामा, तपाईंले नयाँ वार्षिक युट्युब प्रिमियम योजनाको लागि १०७.९९ तिर्नु पर्नेछ जबकि १२ महिनाको युट्युब म्युजिक सदस्यता ८९.९९ अमेरिकी डलरमा नै हुनेछ। तर जनवरी २३ पछि प्रिमियमका लागि ११९.९९ र म्युजिकका लागि ९९.९९ डलर तिर्नुपर्छ।

यसको तुलनामा, स्ट्याण्डर्ड मासिक युट्युब प्रिमियम योजनाको लागत ११.९९/महिना वा वर्षको लागि १४३.८८ डलर हुन्छ जबकि म्युजिक ९.९९ प्रति महिना वा पूरै वर्षको लागि ११९.९९ डलर तोकिएको छ। यदि तपाईंले वार्षिक प्रिमियम सदस्यता र युट्युब म्युजिकको लागि २९.८९ डलर छनौट गर्नुभयो भने ३५.८८ डलर बचत हुनेछ।

नयाँ अफरहरू नयाँ र हालका प्रयोगकर्ताहरूका लागि उपलब्ध छन्। तर अहिलेको लागि परिवार साझेदारी गर्ने अप्सन छैन।

easy care

प्रकाशित: ५ माघ २०७८, बुधबार