प्रतिबन्धित सामग्री डिलिट नगरेकोमा रुसमा गुगलमाथि जरिबाना

Technology Khabar ४ माघ २०७८, मंगलवार

प्रतिबन्धित सामग्री डिलिट नगरेकोमा रुसमा गुगलमाथि जरिबाना

काठमाडौं ।

मस्कोको एउटा अदालतले सोमबार अल्फाबेट इंकको गुगललाई ४० लाख रुबल अर्थात् ५२ हजार ५२६ डलर जरिबाना तोकेको छ।

सर्च इन्जिन जायन्ट गुगलमाथि रुसमा प्रतिबन्ध लगाइएका सामग्रीहरु नहटाएका कारण उक्त परिमाणको जरिबाना गरिएको बताइएको छ।

रुसले गत वर्षदेखि ठूला प्रविधि संस्थाहरुमाथि कडाइ गर्ने क्रममा यी संस्थाहरुमाथि निगरानी बढाइरहेको छ।

यसैक्रममा रुसले मेटा प्लेटफर्मको फेसबुक तथा अल्फाबेट इंकको गुगलमाथि रुसले अवैध मानेका सामग्रीहरु हटाउन पटक पटक अटेर गरेकाले आर्थिक जरिबाना लगाउँदै आएको छ।

गुगलले भने यसबारेमा टिप्पणी गर्न नमानेको रोयटर्सले उल्लेख गरेको छ।

रुसको तास समाचार संस्थाले भने प्रतिबन्ध लगाइएका वेबसाइटहरुका लिंकमाथि पहुँच उपलब्ध गराएकोले गुगलमाथि जरिबाना गरिएको बताएको छ।

easy care

प्रकाशित: ४ माघ २०७८, मंगलवार