प्लेस्टेशन गेमहरु फोनमा उपलब्ध गराउँदै सोनी

Technology Khabar २६ मंसिर २०७८, आईतवार

प्लेस्टेशन गेमहरु फोनमा उपलब्ध गराउँदै सोनी

काठमाडौं ।

जापानी गेमिङ जायन्ट सोनीले आफ्नो प्लेस्टेशन मोबाइलहरुमा पनि उपलब्ध गराउने भएको छ।

यसअघि माइक्रोसफ्टले आफ्ना गेमहरु फोन प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो।

द भर्जले आफूसँग एप्पलविरुद्ध एपिक गेम्सले हालेको मुद्दाको दस्तावेज हात परेको र त्यस अनुसार एप्पलले सन् २०१७ मै ‘प्लेस्टेशन नाउ’ नामक मोबाइल एक्सटेन्सन ल्याउन खोजेको उल्लेख गरेको छ।

यो सेवा अन्तर्गत शुरुमा ४५० पीएस३ गेमहरु स्ट्रिमिङ गर्न सकिने र पछि पीएस४ का गेमहरु पनि बिस्तारै स्ट्रिमिङ गर्न मिल्ने बताइएको छ।

एप्पल आर्केड विकासको शुरुवाती चरणमा रहेको बेला प्लेस्टेशन नाउको विस्तारीकरण एप्पलको सोनी र एक्सबक्स गेम पासप्रतिको जवाफका रुपमा लिइएको छ।

आर्केड २०१९ सम्म सार्वजनिक नभएपछि एप्पलले प्लेस्टेशन नाउलाई नै गेमिङ सब्सक्रिप्शनतर्फको विस्तारका रुपमा लिएको थियो।

यदि एप्पलको यो भनाइ सही हो भने सोनीले स्मार्टफोन प्रयोगकर्तालाई आफ्ना गेमहरु उपलब्ध गराउन किन ढिलाइ गर्दैछ भन्ने कुरा आश्चर्यजनक रहेको छ।

प्लेस्टेशन नाउ तथा प्लेस्टेशन प्लसको हाइब्रिड आगामी सन् २०२२ मा सार्वजनिक हुने तय भएको भए पनि मोबाइलका लागि पीएस३ गेम उपलब्ध गराउनेबारे भने आधिकारिक रुपमा कुनै खुलासा भइसकेको छैन।

easy care

प्रकाशित: २६ मंसिर २०७८, आईतवार