शाओमी १२ ले पायो ६७ वाट फास्ट चार्जिङसहित थ्रीसी सर्टिफिकेशन

Technology Khabar २४ मंसिर २०७८, शुक्रबार

शाओमी १२ ले पायो ६७ वाट फास्ट चार्जिङसहित थ्रीसी सर्टिफिकेशन
शाओमी १२ स्मार्टफोन

काठमाडौं ।

शाओमीको आउँदै गरेको नयाँ शाओमी १२ स्मार्टफोनले ६७ वाट फास्ट चार्जिङसहित थ्रीसी सर्टिफिकेशन पाएको छ।

आगामी डिसेम्बर १२ मा सार्वजनिक हुने बताइएको यो डिभाइसको मिति कम्पनीले आधिकारिक रुपमा घोषणा गरेको छैन। कम्पनीले यसमा स्न्यापड्रायन ८ जेन१ चिपसेट रहने भने प्रस्ट पारेको छ।

चिनियाँ स्मार्टफोन जायन्टको यो डिभाइसको भ्यानिला भर्सनलाई ६७ वाट फास्ट चार्जिङसहित थ्रीसी सर्टिफिकेशन प्रदान गरिएको बुझिएको छ।

६७ वाट चार्जिङ निकै द्रुत हुने भए पनि शाओमी १२ प्रो मा आउने भनिएको १२० वाटभन्दा सुस्त नै हुने निश्चित छ।

यसको भ्यानिला मोडलमा थ्रीसी हुने र यसले फाइभजी सपोर्ट गर्नेबाहेक अन्य विवरण बाहिरिएका छैनन्। तर भरपर्दा टिपस्टर डिजिटल च्याट स्टेशनले हालै उक्त डिभाइसमा ४५०० एमएएच क्षमताको ब्याट्री हुने बताएका छन्।

शाओमी १२ मा एमआईयूआई १३ रहने र यसको हालै लीक भएको तस्बिरबाट स्मार्टफोनको पछाडिको पाटो कस्तो हुनेछ भन्ने आकलन गर्न सकिन्छ।

easy care

प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार