गुगल प्ले गेमहरु आगामी सन् २०२२ देखि विन्डोज पर्सनल कम्प्युटरमा पनि आउने

Technology Khabar २४ मंसिर २०७८, शुक्रबार

गुगल प्ले गेमहरु आगामी सन् २०२२ देखि विन्डोज पर्सनल कम्प्युटरमा पनि आउने

काठमाडौं ।

आउँदो वर्षको शुरुवातसँगै गुगल प्लेका गेमहरु विन्डोज पर्सनल कम्प्युटरहरुमा पनि उपलब्ध हुने भएको छ।

हालै २०२१ गेम अवार्ड्सका क्रममा गुगलका कार्यकारीहरुले उक्त एप सेवा एन्ड्रोइड तथा क्रोमओएस डिभाइसबाहेक विन्डोज अपरेटिङ सिस्टम भएका पर्सनल कम्प्युटरमा पनि उपलब्ध हुने बताएका हुन्।

‘प्लेयरहरुले आफ्ना मन पर्ने गेम फोन, ट्यबालेट, क्रोमबुक तथा अब छिट्टै विन्डोज पीसीहरुमा पनि खेल्न सक्ने छन्’, गेम्स अन एन्ड्रोइड एन्ड गुगल प्लेका प्रडक्ट डाइरेक्टर ग्रेग हार्ट्रेलले भने।

कम्पनीले यो दुई प्रविधि कम्पनीबीचको साझेदारी नभइ साझेदारीमा ल्याइएको एउटा प्रडक्ट भएको बताएको छ।

गुगलले बनाएको यो प्रडक्टले अझ बढी ल्यापटप तथा डेस्कटपमा गुगल प्ले गेम्सको उत्कृष्टतालाई फैलाउने साथै आफ्ना प्लेटफर्म विन्डोजका ग्राहकसम्म फैलाउन पाउँदा आफूहरुलाई खुशी लागेको बताएको छ।

easy care

प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार