यूएफओ देखिएको सम्बन्धमा जाँच पड्ताल गर्न पेन्टागनद्वारा नयाँ कार्यदल गठन

Technology Khabar १० मंसिर २०७८, शुक्रबार

यूएफओ देखिएको सम्बन्धमा जाँच पड्ताल गर्न पेन्टागनद्वारा नयाँ कार्यदल गठन

काठमाडौं ।

अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनले यूएफओ देखिएको सम्बन्धमा जाँचपड्ताल गर्न नयाँ कार्यदल गठन गरेको छ।

हालै गठित कार्यदललाई द एयरबर्न अब्जेक्ट आइडेन्टिफिकेशन एन्ड म्यानेजमेन्ट सिंक्रोनाइजेशन ग्रुप (एओआईएमएसजी) नाम दिइएको र यसले यूएस नेभीको अनआइडेन्टिफाइड एरियल फेनोमेना टास्क फोर्सको कार्यभार सम्हाल्ने बुझिएको छ।

रक्षा विभागले यसबारेमा भनेको छ,‘एओआईएमएसजीले पत्ता लगाउन, पहिचान गर्न साथै उडान र राष्ट्रिय सुरक्षा  सँग सम्बन्धित सम्भावित जोखिम पत्ता लगाएर कम  गर्नका लागि विभाग र बृहत् अमेरिकी सरकारबीच समन्वय गर्नेछ।’

उक्त कार्यदलको गठन गत जुनमा अफिस अफ द डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई)ले १४४ ओटा अनआइडेन्टिफाइड एरियल फेनोमेनन अर्थात् पहिचान नभएको आकाशीय वस्तुको जाँच पड्ताल गरेको रिपोर्ट जारी गरेपछिको विकासको रुपमा आएको हो।

अधिकारीहरुले एउटा उक्त आकाशीय वस्तु के कारणले देखिएको भन्ने एक पटक मात्र पत्ता लगाउन सकेका थिए। उक्त प्रतिवेदनमा रहेका प्रत्येक घटनाका बारेमा निस्कर्षमा पुग्न थोरै र अपर्याप्त डाटा मात्र उपलब्ध रहेको ओडीएनआईले बताएको छ।

यदि अमेरिकी सरकारसँग यूएफओलाई बुझ्ने सम्बन्धमा अझै बुझ्न चाहेमा उसले अझ बढी स्रोत तथा थुप्रै एजेन्सीहरुमा एउटा मानक पहुँच बनाउनुपर्ने ओडीएनआईको भनाइ छ। रक्षा विभागले पनि यो कुरालाई गम्भीरतापूर्वक लिएको बुझिएको छ।

easy care

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार