कनेक्ट आईपीएसप्रति उपभोक्ताको रुची बढ्दो, एक महिनामै साढे ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

Technology Khabar ३ मंसिर २०७८, शुक्रबार

कनेक्ट आईपीएसप्रति उपभोक्ताको रुची बढ्दो, एक महिनामै साढे ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं ।

कनेक्ट आईपीएस सेवामार्फत गरिने कारोबारप्रति उपभोक्ताको रुची बढ्दै गएको पाइएको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनाको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले यस्तो देखाएको छ।

प्रतिवेदन अनुसार साउन महिनामा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या २९ लाख ५६ हजार ९६७ रहेकोमा भदाैमा यो सङ्ख्या बढेर ३२ लाख २४ हजार १७५ पुग्यो।

यसैगरी असोज मसान्तसम्म आइपुग्दा उक्त रकमको आँकडा ३५ लाख १० हजार २२६ मा पुग्यो।

यो सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा बढेको छ।

साउनमा यो कनेक्ट आईपीएसमार्फत् २१ खर्ब ३३ अर्ब ७५ करोड  रुपैयाँको कारोबार भएकोमा भदाैमा आइपुग्दा यो रकम बढेर २३ खर्ब २५ अर्ब ४३ करोड रुपैयाँ  पुगेको थियो। यसै क्रममा असोज मसान्तसम्म आइपुग्दा यो कारोबार रकमले २३ खर्ब ९१ अर्ब ४८ करोड रुपैयाँको आँकडा छोएको छ।

यसरी हेर्दा साउनबाट भदाैमा पुग्दा कारोबार रकममा १९ अर्ब १६ करोड ८० लाख रुपैयाँ तथा भदाैबाट असोज मसान्तमा पुग्दा ६ अर्ब ६० करोड ५० लाख रुपैयाँले वृद्धि भएको प्रतिवेदनले देखाएको छ।

सर्वसाधारणमा डिजिटल प्रविधिमार्फत् कारोबार गर्ने बानीको विकास हुँदै गएको र यसबाट हुने समयको बचत तथा तुरुन्तै कारोबारको स्थिति थाहा पाउन सकिने भएकाले पनि कनेक्टआईपीएसजस्ता सेवामा आकर्षण बढिरहेको पाइएको छ।

easy care

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार