गुची थिमको महंगो एक्सबक्स सिरिज एक्स आउँदै

Technology Khabar ३० कार्तिक २०७८, मंगलवार

गुची थिमको महंगो एक्सबक्स सिरिज एक्स आउँदै

काठमाडौं ।

माइक्रोसफ्ट तथा फेशन ब्रान्ड गुचीको सहकार्यमा अर्को हप्ता गुची थिमको महंगो एक्सबक्स सिरिज एक्स निश्चित सङ्ख्यामा सार्वजनिक गरिने भएको छ।

गुचीको वेबसाइटमा एक यूजरले गरेको टिप्पणी अनुसार यो डिभाइसमा सबैतिर डबल जी प्याटर्न टाँसिएको छ जुन एक्सबक्सको शानदार डिजाइनको मर्मभन्दा विपरीत देखिन्छ।

यसबाहेक यो सामान्य मानिसले किन्नसक्ने मूल्यको छैन। यसको मूल्य १० हजार डलर तोकिएको छ।

१० हजार डलरमा यो डिभाइसबाहेक दुईओटा गुची थिमका एक्सबक्स कन्ट्रोलर, एक्सबक्स गेम पास अल्टिमेटको सब्सक्रिप्सन तथा कन्सोल र कन्ट्रोलर राख्न मिल्ने एउटा एक्सबक्स ब्रान्डको सुटकेश पनि उपलब्ध हुनेछ।

यो कन्सोल जम्मा १०० ओटा मात्र निकालिएकोले फरक अनुभव हुने यो आज अर्थात् १७ नोभेम्बरबाट गुचीको वेबसाइट तथा निश्चित गुचीका स्टोरहरुमा उपलब्ध हुने बताइएको छ।

easy care

प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार

ताजा समाचार