विन्डोज ११ एसई तथा सर्फेस ल्यापटप एसई स्कुले बिद्यार्थीका लागि उपयुक्त

Technology Khabar २५ कार्तिक २०७८, बिहीबार

विन्डोज ११ एसई तथा सर्फेस ल्यापटप एसई स्कुले बिद्यार्थीका लागि उपयुक्त

काठमाडौं ।

माइक्रोसफ्टले हालै उपलब्ध गराएको विन्डोज ११ एसई तथा २४९ डलर मूल्यको सर्फेस ल्यापटप बालबालिकहरुका लागि उपयुक्त हुने बुझिएको छ।

सर्फेस ल्यापटप एसई विन्डोज ११ एसई अपरेटिङ सिस्टमयुक्त पहिलो पर्सनल कम्प्युटर हो।

यो ल्यापटप विशेषगरी किन्डरगार्टन देखि ८ कक्षासम्मका बालबालिका तथा तिनीहरुलाई पढाउने शिक्षकहरुका लागि ल्याइएको कम्पनीले जनाएको छ।

हाल माइक्रोसफ्टको ल्यापटपमा मात्र उपलब्ध विन्डोज ११ एसई अपरेटिङ सिस्टम राखेर डेल, एचपी, एसर तथा असुसलगायत थुप्रै पर्सनलक कम्प्युछटर निर्माताहरुले आफ्ना डिभाइस ल्याउने आकलन गरिएको छ।

माइक्रोसफ्टका विन्डोज भेरियन्टहरु केही वर्षयता खासै सफल भएका छैनन्। विन्८झ १० एस मुख्य सर्फेस ल्यापटपमा साधारण अनुभव दिनका लागि प्रयोग गरिएको थियो भने डुअल स्क्रीन लक्षित विन्डोज १०एक्स सार्वजनिक हुनुअगावै रद्द गरिएको थियो।

माइक्रोसफ्ट विन्डोजका महाप्रबन्धक आरोन वुडम्यानले यो पछिल्लो अपरेटिङ सिस्टम विशेषगरी माइक्रोसफ्टले बिद्यार्थी तथा शिक्षकका लागि कसरी आदर्श अपरेटिङ सिस्टम अनुभव सिर्जना गर्न सक्छ भन्ने कुरामा केन्द्रित रहेको बताएका छन्।

easy care

प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार

ताजा समाचार