गुगलद्वारा दक्षिण कोरियामा पहिलोपटक तेस्रो पक्षको एपमार्फत् भुक्तानी स्वीकार

Technology Khabar १८ कार्तिक २०७८, बिहीबार

गुगलद्वारा दक्षिण कोरियामा पहिलोपटक तेस्रो पक्षको एपमार्फत् भुक्तानी स्वीकार

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफूले दक्षिण कोरियामा पहिलोपटक तेस्रो पक्षको एपमार्फत् भुक्तानी स्वीकार गरेको बताएको छ।

कम्पनीले देशको नयाँ कानूनसँग नबाझियोस् भन्ने हिसाबले यस्तो गरिएको बताएको हो। अमेरिकी टेक जायन्ट गुगलले कुनै एउटा विशेष देशका लागि आफ्नो भुक्तानी नीतिमा संशोधन गरेको यो पहिलो पटक भएको रोयटर्सले जनाएको छ।

गुगलको यो घोषणा कोरिया कम्युनिकेशन्स कमिशनले गुगल तथा एप्पललाई नयाँ नीतिको मातहतमा आएर काम गर्न आग्रह गरेको केही समयपछि आएको हो।

यो नयाँ नीतिले डेभलपरहरुलाई आफ्ना भुक्तानी प्रणाली प्रयोग गर्न दबाब दिनबाट अधिकांश एप स्टोर सञ्चालकलाई रोक लगाउँछ।

यस्ता थुप्रै नीति गत सेप्टेम्बर मध्यदेखि कार्यान्वयनमा आएका थिए।

गत अगस्टमा संसदले दक्षिण कोरियाको टेलिकम्युनिकेशन्स बिजनेस एक्टमा संशोधन पारित गरेको थियो।

यसलाई एन्टि गुगल ल को नाम पनि दिइएको थियो जसले गुगल तथा एप्पलजस्ता एप स्टोर सञ्चालकलाई आफ्ना डेभलपरहरुलाई उनीहरुकै भुक्तानी प्रणाली बाध्यात्मक हिसाबले प्रयोग गर्न दबाब दिनबाट रोक लगाउँथ्यो।

easy care

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

ताजा समाचार