गुगलले प्लेस्टोरमा सब्स्क्रिप्शन र म्युजिक स्ट्रिमिङ एपको शुल्क घटायो

Technology Khabar ५ कार्तिक २०७८, शुक्रबार

गुगलले प्लेस्टोरमा सब्स्क्रिप्शन र म्युजिक स्ट्रिमिङ एपको शुल्क घटायो

काठमाडौं ।

गुगलले थुप्रै डेभलपरहरुमाथि लगाइरहेको प्लेस्टोर सेवा शुल्क घटाएको छ।

कम्पनीले हाल १२ महिनाको रिकरिङ सब्सक्रिप्शनका लागि ३० प्रतिशत शुल्क लिँदै आएकोमा त्यसलाई घटाएर १५ प्रतिशतमा झारेको हो।

आगामी जनवरी १ तारिखदेखि लागू हुने गरी गुगलले सेवा शुल्क ३० बाट १५ प्रतिशतमा झार्ने भएको हो।

थुप्रै डेभलपरहरुले उपभोक्ताको सेवा सुविधाको चयनका हिसाबले यति धेरै शुल्क काटिँदा नाफा गर्न नसकिने गुनासो गरेकाले यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ।

‘सञ्चार सामग्रीको औद्योगिक अर्थतन्त्र बुझ्दै र डेभलपर तथा अन्य कलाकार, संगीतकार तथा लेखकहरुले प्रतिनिधित्व गर्ने समुदायसँग अझै सुमधुर तरिकाले काम गर्नका लागि नयाँ दर लागू गरिएको हो’, गुगलले एउटा ब्लगमा जनाएको छ।

भिडियो, अडियो तथ पुस्तकहरुसँग सम्बन्धित सशुल्क सेवा दिने एपहरुले प्ले मिडिया एक्सपेरियन्स प्रोग्रामका शर्तहरु पूरा गरेमा सेवा शुल्क १० देखि १५ प्रतिशतसम्म हुने बताइएको छ।

यसै वर्षको शुरुमा गुगलले वार्षिक पहिलो दश लाख डलरको आम्दानीका लागि सेवा शुल्क ३० बाट १५ प्रतिशतमा झारेको थियो।

कम्पनीले यो निर्णय ९९ प्रतिशत एन्ड्रोइड डेभलपरले कम्पनीलाई तिर्ने शुल्कमा आधा कटाैति गर्ने उद्देश्यले गरिएको कम्पनीको भनाइ थियो।

easy care

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार