गुगलले प्रतिबन्ध लगाएका यी हानीकारक एप, तपाईँको मोबाइलमा छन् भने तुरुन्तै डिलिट गरिहाल्नुस्

Technology Khabar १ कार्तिक २०७८, सोमबार

गुगलले प्रतिबन्ध लगाएका यी हानीकारक एप, तपाईँको मोबाइलमा छन् भने तुरुन्तै डिलिट गरिहाल्नुस्

काठमाडौं ।

गुगलले केही समयअघि आफ्नो प्लेस्टोरमा १५० भन्दा बढी एपहरुमाथि प्रतिबन्ध लगाएको छ।

अब भने कम्पनीले ती खतरनाक एपहरुलाई प्लेस्टोरबाट पूर्ण रुपमै हटाइदिएको छ। कम्पनीले प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षालाई मध्यनजर गर्दै यी एपहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बुझिएको छ।

गुगलले हालै सुरक्षा र गोपनीयताका लागि खतरनाक भन्दै प्लेस्टोरबाट हटाएका एपहरुमा म्याजिक फोटो ल्याब, ब्लेन्डर फोटो एडिटर, इजी फोटो ब्याकग्राउन्ड एडिटर तथा पिक्स फोटो मोशन एडिट २०२१ लगायतका छन्।

कम्पनीले यदि यी एपहरु तपाईँको मोबाइलमा डाउनलोड र इन्स्टल भएका छन् भने तुरुन्तै हटाउन पनि आग्रह गरेको छ।

यो वर्ष गुगल इनपुट/आउटपुट इभेन्टमा विश्वमा ३ अर्ब एक्टिभ एन्ड्रोइड डिभाइसहरु रहेको र यी कम्पनी हानीकारक एपहरुमाथि प्रतिबन्ध लगाएर यी डिभाइसहरुलाई सुरक्षित राख्न चाहेको गुगलले बताएको थियो।

कम्पनीका अनुसार हाल प्रतिबन्ध लगाइएका अधिकांश एपहरुले यूजरका व्यक्तिगत विवरण तथा रकम चोर्ने गरेका थिए।

easy care

प्रकाशित: १ कार्तिक २०७८, सोमबार

ताजा समाचार