गुगलको पिक्सेल ६ र पिक्सेल ६ प्रो मा ४ ओटा एन्ड्रोइड अपडेट, ५ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुने

Technology Khabar २८ आश्विन २०७८, बिहीबार

गुगलको पिक्सेल ६ र पिक्सेल ६ प्रो मा ४ ओटा एन्ड्रोइड अपडेट, ५ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुने

काठमाडौं ।

केही महिना यता गुगलको आउँदै गरेको पिक्सेल ६ तथा ६ प्रो स्मार्टफोनका बारेमा थुप्रै चर्चा परिचर्चाहरु बाहिर आइरहेका छन्।

यसै क्रममा हालै केही विवरणहरु बाहिर आएका छन् जुन गुगल पिक्सेल ६ तथा ६ प्रो को अपरेटिङ सिस्टम तथा अन्य सफ्टवयरसँग सम्बन्धित छन्।

हालैको एक चर्चाअनुसार पिक्सेल ६ तथा पिक्सेल ६ प्रो मा ४ ओटा एन्ड्रोइड अपडेट तथा ५ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुनेछ।

यो आकलन सही सावित भएको खण्डमा यो वर्ष सार्वजनिक भएका पिक्सेल ६ र ६ प्रो मा आगामी सन् २०२६ अक्टोबरसम्म सेक्युरिटी प्याच तथा कम्तीमा एन्ड्रोइड १६ सम्मको अपडेट उपलब्ध हुनेछ।

यदि यसो भएमा गुगलले यति लामो समयसम्म आफ्ना सफ्टवर सपोर्ट दिन लागेको पहिलो पटक हुनेछ भने झण्डै एप्पलले आफ्ना डिभाइसमा उपलब्ध गराउने सुविधा सरह नै हुनेछ।

यी डिभाइसहरु विश्वका सबै देशमा नभइ केही निश्चित बजारहरुमा मात्र उपलब्ध हुने बुझिएको छ।

easy care

प्रकाशित: २८ आश्विन २०७८, बिहीबार

ताजा समाचार