शाओमीद्वारा एन्ड्रोइड १२ उपलब्ध हुने स्मार्टफोनको पहिलो सूची सार्वजनिक

Technology Khabar २० आश्विन २०७८, बुधबार

शाओमीद्वारा एन्ड्रोइड १२ उपलब्ध हुने स्मार्टफोनको पहिलो सूची सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने आफ्ना एमआई तथा रेडमी सिरिजका स्मार्टफोनहरुको सूची सार्वजनिक गरेको छ।

मंगलबार गुगलले आफ्नो एन्ड्रोइड १२ आधिकारिक रुपमा सार्वजनिक भएको घोषणा गरेपछि यो अपडेट शुरुमा पाउने विभिन्न ब्रान्डका स्मार्ट डिभाइसहरुको सूची सार्वजनिक गरिएकामा शाओमीले आफ्नो छुट्टै र आधिकारिक सूची बनाएको हो।

गुगलले पिक्सेल, सामसङ, वनप्लस, भिभो, रियलमी, शाओमीलगायतका थुप्रै ब्रान्डका विभिन्न मोडलहरुमा यो भर्सन उपलब्ध हुने पनि जानकारी गराएको थियो।

एन्ड्रोइड १२ को यूजर इन्टरफेसमा गुगलले नयाँ मेटेरियल यू भन्ने डिजाइन ल्याङ्ग्वेज प्रयोग गरेको छ।

यसबाहेक नयाँ विजेट, नोटिफिकेशन डिजाइन लगायतका फिचरहरु पनि समावेश गरेको छ।

यी हुन् एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने शाओमी/रेडमी/पोको फोनहरु

एमआई ११, एमआई ११ अल्ट्रा, एमआई ११आई, एमआई ११ एक्स प्रो, एमआई ११ लाइट फोरजी, एमआई ११ लाइट एनई फाइभजी, एमआई ११टी, एमआई ११टी प्रो, रेडमी नोट१० सिरिज

पोको एफ३ जीटी, पोको एक्स३ प्रो, रेडमी के३० अल्ट्रा, रेडमी के४० गेमिङ, रेडमी के३० फाइभजी, रेडमी के३० फाइभजी रेसिङ, रेडमी के३०आई फाइभजी, पोको एम२ प्रो, ब्ल्याक शार्क ४ सिरिज, पोको एम३, पोको एम३ प्रो फाइभजी रेडमी के३० अल्ट्रा, रेडमी के४० गेमिङ, रेडमी के३० फाइभजी, रेडमी के३० फाइभजी रेसिङ, रेडमी के३०आई फाइभजी, ब्ल्याक शार्क ३ सिरिज

सम्बन्धित समाचार

एन्ड्रोइड १२ आधिकारीकरुपमा उपलब्ध, कुन कुन डिभाइसमा उपलब्ध होला?

easy care

प्रकाशित: २० आश्विन २०७८, बुधबार

ताजा समाचार