एन्ड्रोइड १२ आधिकारीकरुपमा उपलब्ध, कुन कुन डिभाइसमा उपलब्ध होला?

Technology Khabar १९ आश्विन २०७८, मंगलवार

एन्ड्रोइड १२ आधिकारीकरुपमा उपलब्ध, कुन कुन डिभाइसमा उपलब्ध होला?

काठमाडौं ।

गुगलले आफ्नो पछिल्लो एन्ड्रोइड अपरेटिङ सिस्टम अर्थात् एन्ड्रोइड १२ को रोलआउट शुरू गरेको छ।

नयाँ एन्ड्रोइड अपडेटमा यूजर्सहरुले अझ सुधारिएको कस्टमाइजेशन फिचर, नयाँ भिजुअल आइडेन्टिटि तथा अन्य थुप्रै फिचर्स प्राप्त गर्ने बताइएको छ।

नयाँ अपडेटमा यूजरले जीमेल, क्यालेन्डर, गुगल मीट, ड्राइभ, डक्स, शीट तथा स्लाइडका साथै गुगल वर्कस्पेस एपमा नयाँ डिजाइन पनि पाउनेछन्।

तर यो अपरेटिङ सिस्टमको नयाँ भर्सन सबै डिभाइसमा भने पक्कै पनि उपलब्ध हुने छैन। कम्पनीले यो अपरेटिङ सिस्टममा अपग्रेड गर्न मिल्ने डिभाइसहरुको सूची तयार पारेको छ।

यो सूचीमा परेका डिभाइसमा पहिलो लहरमै एन्ड्रोइड १२ उपलब्ध हनेछ। कुन कुन डिभाइस परेका छन् त यो सूचीमा?

गुगल

यदि तपाईँ गुगलको पिक्सेल फोन प्रयोग गर्नुहुन्छ भने एन्ड्रोइड १२ सबैभन्दा पहिले तपाईँको फोनमा उपलब्ध हुनेछ किनकि एन्ड्रोइड पनि गुगलकै उत्पादन हो।

यो सूचीमा परेका स्मार्टफोनहरु:

पिक्सेल ३, पिक्सेल ३ एक्सएल, पिक्सेल ३ए, पिक्सेल ३ए एक्सएल, पिक्सेल ४, पिक्सेल ४ एक्सएल, पिक्सेल ४ए, पिक्सेल ४ए फाइभजी, पिक्सेल ५, पिक्सेल ५ए

सामसङ एस सिरिज

ग्यालेक्सी एस२० अल्ट्रा फाइभजी, ग्यालेक्सी एस२० अल्ट्रा, ग्यालेक्सी  एस२०+ फाइभजी, ग्यालेक्सी एस२०, ग्यालेक्सी एस१० फाइभजी, ग्यालेक्सी एस१०+, ग्यालेक्सी एस१०, ग्यालेक्सी एस१०ई, ग्यालेक्सी एस१० लाइट, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी,

नोट सिरिज

नोट २० अल्ट्रा, नोट २० फाइभजी, नोट २०, नोट १०+ फाइभजी, नोट १० फाइभजी, नोट १०+, नोट १० लाइट

फोल्डेबल सिरिज

ग्यालेक्सी जेड फोल्ड २ फाइभजी, ग्यालेक्सी जेड फोल्ड २, ग्यालेक्सी जेड फ्लिप फाइभजी, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी जेड फोल्ड फाइभजी

ए सिरिज

ग्यालेक्सी ए७१ फाइभजी, ग्यालेक्सी ए५१ फाइभजी, ग्यालेक्सी ए७१, ग्यालेक्सी ए५१, ग्यालेक्सी ए९० फाइभजी

ट्याब सिरिज

ग्यालेक्सी ट्याब एस७+ फाइभजी, ट्याब एस७+, ट्याब एस७ फाइभजी३, ट्याब एस७, ट्याब एस६ फाइभजी४, ट्याब एस६, ट्याब एस६ लाइट

नोकिया

नोकिया १.३, नोकिया २.४, ३.४, ५.३ ५.४, ८.३ फाइभजी, नोकिया सीओ१ प्लस, नोकिया सी२० प्लस, नोकिया जी१०, नोकिया जी २०, नोकिया एक्स१०, नोकिया एक्स २०

शाओमी

एमआई ११, एमआई ११ अल्ट्रा, एमआई ११आई, एमआई ११ एक्स प्रो, एमआई ११ लाइट फोरजी, एमआई ११ लाइट एनई फाइभजी, एमआई ११टी, एमआई ११टी प्रो, रेडमी नोट१० सिरिज

वनप्लस

वनप्लस ९, ९ प्रो, नर्ड २, वनप्लस ८, ८ प्रो, ८ टी, नर्ड, नर्ड सीई

अन्य

ओपो फाइन्ड एक्स३ प्रो, रियलमी जीटी, रियलमी जीटी मास्टर एडिशन, रियलमी ८आई, रियलमी ८एस फाइभजी, भिभो भी२१ फाइभजी, भिभो भी६० प्रो, भिभो भी५० सिरिज, भिभो भी२०, आईकू ७ लेजन्ड, आईकू ७, आईकू जेड३ सिरिज, पोको एफ३ जीटी, पोको एक्स३ प्रो, मोटो जी फाइभजी, मोटो रेजर फाइभजी, मोटोरोला एज २० फ्युजन, मोटोरोला एज २०, मोटोरोला जी६०, मोटोरोला जी४० फ्युजन, मोटोरोला जी३०, असुस जेनफोन ८, असुस जेनफोन फ्लिप, रोग फोन ५, रोग फोन ४, टीसीएल २० प्रो, आक्वस सेन्स फाइभजी, एक्शन ३० अल्ट्रा फाइभजी

 

easy care

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार