चीनमा रहेका एप्पल र टेस्लाका आपूर्तिकर्ताले केही दिन उत्पादन बन्द गर्ने

Technology Khabar १२ आश्विन २०७८, मंगलवार

चीनमा रहेका एप्पल र टेस्लाका आपूर्तिकर्ताले केही दिन उत्पादन बन्द गर्ने

काठमाडौं ।

एप्पल इंक ताथ टेस्ला इंकका लागि आपूर्तिकर्ताका रुपमा काम गर्ने केही कम्पनीले चिनियाँ फ्याक्ट्रीका काम केही दिनलाई रद्द गरेका छन्।

चीनमा उर्जा खपतसम्बन्धी नीतिमा कडाइ गरिएका कारण यस्तो गर्नुपरेको उनीहरुको भनाइ छ।

तर अन्य दुई ताइवानी चिप निर्माताले भने आफ्ना फ्याक्ट्रीमा सामान्य हिसाबले नै काम भइरहेको बताएका छन्।

कार्बन उत्सर्जन कम गर्न चीनले कोइला खानीमाथि कडाइ गरेपछि केही कम्पनीहरु उत्पादन बन्द गर्न बाध्य भएको बुझिएको छ।

एप्पलको आपूर्तिकर्ता यूनिमाइक्रोन टेक्नोलोजीले आइतबार आफ्ना चीनका तीन फ्याक्ट्रीबाट २६ देखि ३० तारिखसम्म उत्पादन रोक्ने बताएको थियो।

फक्सकन अन्तर्गतको एसन प्रिसिजन कम्पनीले विज्ञप्ति निकालेर चीनको कुन्शानमा रहेका फ्याक्ट्रीबाट ६ दिन उत्पादन नहुने जानकारी दिएको छ।

त्यस्तै एप्पलका लागि स्पीकर उपलब्ध गराउने कन्क्राफ्ट होल्डिङले पाँच दिन बन्द गर्ने जानकारी दिएको छ।

easy care

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार