टेस्लालाई माथ गर्ने लुसिडको नयाँ इलेक्ट्रिक कार, एक चार्जमा ८३७ किलोमिटर यात्रा गर्ने

Technology Khabar ४ आश्विन २०७८, सोमबार

टेस्लालाई माथ गर्ने लुसिडको नयाँ इलेक्ट्रिक कार, एक चार्जमा ८३७ किलोमिटर यात्रा गर्ने

काठमाडौं ।

इलेक्ट्रिक कारहरुमा टेस्लाको प्रभुत्वलाई अब चुनौती हुन थालेको छ। अमेरिकी स्टार्टअप लुसिड मोटर्सले दाबी गरेको छ कि यसको एयर ड्रीम एडिशन कार फुल चार्जमा ८३७ किलोमिटर यात्रा गर्न सक्छ, जुन टेस्लाको मोडल एस लंग रेन्ज भन्दा १६१ किलोमिटर बढी हो।

यो इलेक्ट्रिक भेहिकलहरुमध्ये अहिलेसम्मकै सबैभन्दा लामो यात्रा गर्नसक्ने कार हो । अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (ईपीए) को रेटिंगले लुसिडको कारलाई इलेक्ट्रिक सेडान बजारमा सबैभन्दा लामो दूरीको ईभी भएको प्रमाणित गरेको छ।

लुसिडको एयर ड्रीम एडिशन कारकाले हासिल गरेको यो रेन्जले कम्पनीका सिईओ तथा सिटीओ पिटर रोलिन्सनको लागि समेत जीत भएको द भर्जले उल्लेख गरेकोछ । यस कम्पनीमा आउनुअघि उनी टेस्लाको मोडल एसकाे प्रमुख डेभलपर थिए । उनले यो कारले टेस्लालाई रेन्ज, लग्जरी, एक्सिलरेसन र मूल्यमा जितेको दाबी गरे ।

यो कारले २.७ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। लुसिडको दाबीअनुसार यसको कारले २० मिनेटको चार्जमा ३०० माईल वा ४८२ किलोमिटरको यात्रा गर्न सक्छ।

कम्पनीकाअनुसार  यो कारको मूल्य हाल १,६९,००० अमेरिकी डलर तोकिएको छ। तर सन् २०२२ मा यसको बेस मोडल लन्च गर्ने योजना छ जसको बजार मूल्य ७७,४०० अमेरिकी डलर हुनेछ।

यो कारमा ११३ किलोवाटको ब्याट्री प्याक राखिएको छ भने यसमा एरोडाइनामिक डिजाइन गरिएको छ।

easy care

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

ताजा समाचार