बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

Technology Khabar ३ आश्विन २०७८, आईतवार

बदलिँदै चार्जर प्रविधि, ३८ वर्षमा देखियो यति धेरै उतार-चढाव

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले बुधबार आफ्नो ११ टी सिरिजका दुई नयाँ डिभाइस ११टी तथा ११टी प्रो सार्वजनिक गर्यो।

कम्पनीले पहिलोपटक आफ्नो स्मार्टफोन सिरिजमा १२० वाट हाइपर चार्जर उपलब्ध गराएको छ। शाओमी ११टी प्रो मा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ।

यो ब्याट्रीले १२० वाटको शाओमी हाइपर चार्जर सपोर्ट गर्ने कम्पनीको दावी छ।यसबाहेक कम्पनीले शाओमी ११टी प्रो केवल १७ मिनेटमा फुल चार्ज हुने पनि बताएको छ। सुरक्षाका लागि चार्जरमा टीयूभी सेफ चार्ज सिस्टम सर्टिफिकेट पनि प्रदान गरिएको छ।

सन् १९८३ मा मोटोरोलाले ल्याएको चार्जिङ प्रविधिपछि हालसम्मका ३८ वर्षमा के कसरी यो क्षेत्रमा विकास र परिवर्तन हुँदै गए त?

सन् १९८३मा सबैभन्दा पहिले आएको पोर्टेबल फोन मोटोरोला डायना टीएसी ८०००एक्सको ब्याट्रीमार्फत् १ घन्टाको टकटाइम ब्याकअप पाइन्थ्यो। तर यसलाई चार्ज गर्न भने झण्डै ८ घण्टाको समय लाग्थ्यो।

यस्तो छ चार्जिङ प्रविधिको चरणबद्ध यात्रा:

वर्ष ब्याट्री क्षमता टकटाइम/स्ट्यान्डबाइ टाइम प्रयोग भएको पहिलो मोडल
१९८३ लिड एसिड १ घण्टा/८ घण्टा मोटोरोला डायना टीएसी ८०००एक्स
१९९२ स्लिम एनआईसीडी ३८० एमएएच ४.५ मिनेट/११ घण्टा नोकिया १०१ पहिलो जीएसएम फोन
१९९६ निकेल मेटल ५०० एमएएच २.८ घण्टा/७५ घण्टा मोटोरोला स्टार टीएसी पहिलो फ्लिप फोन
१९९८ लिथियम पोलिमर ६०० एमएएच ३.२० घण्टा/१८० घण्टा नोकिया ५११०
१९९९ निकेल मेटल १२०० एमएएच ४.३० घण्टा/२६० घण्टा नोकिया ३२१०
२००० लिथियम आयोन १००० एमएएच ४.३० घण्टा/२४५ घण्टा नोकिया ३३१०
२००३ लिथियम आयोन ८५० एमएएच ४.५ घण्टा/४०० घण्टा नोकिया ११००
२००५ लिथियम पोलिमर १५०० एमएएच ६ घण्टा/२१६ घण्टा नोकिया एन९२
२००६ लिथियम आयोन ९७० एमएएच ३.५ घण्टा/११ दिन नोकिया एन९२
२००६ लिथियम आयोन १०५० एमएएच ७ घण्टा/५५० घण्टा सामसङ एस ८५०० पहिलो एमोलेड डिस्प्ले, नोकिया ६२१५आई पहिलो ओएलईडी डिस्प्ले
२००८ लिथियम आयोन १२२० एमएएच नन रिमुभेबल १० घण्टा/३०० घण्टा एप्पल आईफोन थ्रीजी
२००८ लिथियम आयोन १००० एमएएच ३ घण्टा/२५० घण्टा सामसङ एसजीएच -एफ४८०
२००९ लिथियम आयोन १३४० एमएएच ८ घण्टा/६०० घण्टा एचटीसी म्याजिक
२०१० लिथियम आयोन १४२० एमएएच ५.५० घण्टा/४०० घण्टा आईफोन ४
२०११ लिथियम आयोन १६५० एमएएच ८.४० घण्टा/६१० घण्टा सामसङ ग्यालेक्सी एस २
२०१२ लिथियम आयोन २१०० एमएएच ११४० घण्टा/७९० घण्टा सामसङ ग्यालेक्सी एस ३
२०१३ लिथियम आयोन २८०० एमएएच २१ घण्टा/३९० घण्टा सामसङ ग्यालेक्सी एस ४
२०१४ लिथियम आयोन २६०० एमएएच १७ घण्टा/३७० घण्टा सामसङ ग्यालेक्सी एस ५
२०१५ लिथियम पोलिमर ४००० एमएएच २५ घण्टा/८४० घण्टा लेनोभो पी७८०
easy care

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

ताजा समाचार