सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई ग्रोडेलीमा विशेष छुट

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई ग्रोडेलीमा विशेष छुट

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, १ सय १७ वटा एटिएम र १ सय ११ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएकोछ।

easy care

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

ताजा समाचार