शाओमीद्वारा चीनमा एमआई टीभी ६ ओएलईडी सार्वजनिक

Technology Khabar २७ श्रावण २०७८, बुधबार

शाओमीद्वारा चीनमा एमआई टीभी ६ ओएलईडी सार्वजनिक

काठमाडौं ।

चीनमा एमआई मिक्स४ तथा एमआई प्याड५ सार्वजनिक गरेसँगै शाओमीले हालै एमआई टीभी ६ ओइलईडी टीभी पनि सार्वजनिक गरेको छ।

चिनियाँ कम्पनी शाओमीको स्रो जेनेरेशनको यो ओएलईडी टीभी पहिलेको भन्दा थुप्रै सुधार सहित कम मूल्यमा ल्याइएको छ।

शाओमीले यो टीभीमा बडीको मोटाइ घटाएर ४.६ मिलिमिटर बनाएको छ र यसको बेजल पनि निकै साँघुरो रहेको छ।

यो डिभाइसमा तापक्रम व्यवस्थापनलाई अप्टिमाइज गरिएको तथा कम्पनीले यसको मूल्य पनि घटाएर ५ हजार युआन अर्थात् ७७१ डलर तोकेको बताइएको छ।

यसमा फोरके ओएलईडी स्क्रीनका साथै एन्टी ब्लू लाइट फिल्टरको फिचर पनि दिइएको छ।

यसबाहेक एचडीआर१०+, एचएलजी तथा डल्बी भिजना पनि रहेको छ। साथै मिडियाटेकको ९६३८ क्वाड कोर प्रोसेसर तथा ३ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ।

यो ५५ र ६६ इन्च गरी दुई साइजमा उपलब्ध छ भने यसको मूल्य क्रमश: ८७९ र ११८८  डलर तोकिएको छ। अगस्ट १६ बाट उपलब्ध हुने यो टीभी १८ अगस्टसम्म छुट मूल्यमा पाइने बताइएको छ।

easy care

प्रकाशित: २७ श्रावण २०७८, बुधबार