ह्वावेद्वारा वाच जीटी २ प्रो ईसीजी तथा ब्याण्ड ६ प्रो को घोषणा

Technology Khabar १५ श्रावण २०७८, शुक्रबार

ह्वावेद्वारा वाच जीटी २ प्रो ईसीजी तथा ब्याण्ड ६ प्रो को घोषणा

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले पी५० स्मार्टफोन सिरिजका साथमा वाच जीटी २ प्रो ईसीजी तथा ब्याण्ड ६ प्रो गरी  दुई नयाँ वेयरेबल पनि सार्वजनिक गरेको छ।

यी दुवै डिभाइस यसअघिका स्ट्यान्डर्ड भर्सनका अपग्रेड हुन् जसमध्ये वाच २ जीटी प्रो ईसीझीमा इलेक्ट्रोकार्डियोग्रामको आँकडा देख्न सकिन्छ भने ब्याण्ड ६ प्रोमा शरीरको तापक्रम नाप्न मिल्ने फिचर रहेको छ।

वाच जीटी २ प्रोको साइज गत वर्ष आएको रेगुलर वाच जीटी २ प्रोको जस्तै रहेको छ। यसमा १.३९ इन्चको एमोलेड डिस्प्ले र टाइटानियम फ्रेम दिइएको छ।

यसबाहेक हार्ट रेट ट्र्याकिङ, ब्लड अक्सिजन लेभल तथा निन्द्रा र तनाव मापन गर्ने फिचर पनि उपलब्ध छ। यो स्मार्टवाचमा ह्वावे लाइट ओएस राखिएको छ भने १०० भन्दा बढी वर्कआउट मोडहरु समावेश गरिएको छ।

यसको मूल्य ३०८८ चिनियाँ युआन अर्थात् ४७८ डलर तोकिएको छ भने यसको बिक्री आगामी अगस्ट १२ बाट शुरु हुने बताइएको छ।

ब्याण्ड ६ प्रो

यसैगरी ब्याण्ड ६ प्रोमा १.४७ इन्चको एमोलेड डिस्प्लेका साथमा जीटी २ प्रोमा जस्तै हार्ट रेट मनिटर, अक्सिजन लेभल तथा निन्द्रा र तनाव मापनको फिचर राखिएको छ।

यसबाहेक शरीरको तापक्रम मापनका साथै ९६ वर्कआउट मोड पनि उपलब्ध छन्। सामान्य प्रयोग गर्दा यसको ब्याट्री कम्तीमा २ हप्तासम्म टिक्ने कम्पनीको दावी छ।

easy care

प्रकाशित: १५ श्रावण २०७८, शुक्रबार