दुई दशकपछि नोकियाको ६३१० फिचर फोन नयाँ डिजाइनमा, सी३० का साथै टीडब्लूएस इयरबड घोषणा

Technology Khabar १२ श्रावण २०७८, मंगलवार

दुई दशकपछि नोकियाको ६३१० फिचर फोन नयाँ डिजाइनमा, सी३० का साथै टीडब्लूएस इयरबड घोषणा

काठमाडौं ।

एचएमडी ग्लोबलले एक्सआर२० बाहेक अन्य दुई ओटा फोन ६३१० तथा सी३०को घोषणा गरेको छ।

यीमध्ये ६३१० धेरै अगाडि आएको क्लासिक फोन ६३१० कै नयाँ रुप हो भने सी३० चाहिँ सस्तो तर धेरै क्षमताको ब्याट्रीयुक्त एन्ड्रोइड फोन हो।

विवरणका हिसाबले सी३० नोकिया सी सिरिजको इन्ट्री लेभल फोन भएकाले यसको मूल्य सस्तो भए पनि स्पेसिफिकेशन भने आकर्षक रहेको छ।

यसमा ६.८२ इन्चको ठूलो स्क्रीनका साथमा त्यसलाई पावर दिन ६००० हजार एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ।

फोटोग्राफीका लागि पछाडि १३ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअपका साथै सेल्फीका लागि ५ मेगापिक्सेलको पन्चहोल क्यामरा राखिएको छ।

यसमा यूनिसोक एससी९८६३ए चिपसेट राखिएको छ भने २ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज, 3 जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज तथा ३ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा आउनेछ।

उता ६३१० भने फिचर फोन हो जसमा ११५० एमएएचको ब्याट्री दिइएको छ भने इन्टरनेट कनेक्टिभिटी पनि उपलब्ध छ।

यसबाहेक कम्पनीले नोकिया क्लारिटी इयरबड प्रो नामको टीडब्लूएस डिभाइसको पनि घोषणा गरेको छ।

easy care

प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

ताजा समाचार