ह्वावेले डिजिटल पावर इनोभेशनको साथ आसियानको ग्रीन विकास सशक्त पार्ने

Technology Khabar ४ श्रावण २०७८, सोमबार

ह्वावेले डिजिटल पावर इनोभेशनको साथ आसियानको ग्रीन विकास सशक्त पार्ने

काठमाडौं ।

ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यसको डिजिटल पावर इनोभेशनको लाभ उठाउने बताएका छन् ।

लियुले शुक्रबार अनलाइन आसियान–चीन डिजिटल इकोनोमी डेभलपमेन्ट एण्ड कोओपरेशन फोरम २०२१ मा यस्तो बताएका हुन् ।

विश्वका २० वटा सबैभन्दा बढी कमजोर क्षेत्र मध्ये छ वटा आसियानका सदस्य राष्ट्रहरूमा सम्भावित जलवायु परिवर्तनले महत्वपूर्ण क्षेत्रीय प्रभाव पारेको छ ।

आसियानले वर्षौंको अवधिमा विभिन्न वातावरणीय, आर्थिक र सामाजिक गतिविधिहरूको माध्यमबाट जलवायु परिवर्तन सम्बोधन गर्ने कार्य गरेको छ ।

‘विश्वव्यापी रूपमा हामीलाई कार्बन न्यूट्रालिटिको लक्ष्य भएको ग्रीन औधोगिक क्रान्ति चाहिन्छ । डिजिटल अर्थव्यवस्था बढ्दै जाँदा उत्सर्जन घटाउने गतिले देशहरूलाई व्यापार अवरोधको जोखिम व्यवस्थापन गर्न र थप स्वतन्त्र व्यापार सम्झौताहरू सुरक्षित गर्न मद्दत पुर्‍याउँछ,’ जेफरी लियूले भने ।

आईसीटी प्रविधि ऊर्जा संरक्षण र अन्य उधोगहरूमा उत्सर्जन घटाउने महत्वपूर्ण सक्षमकर्ता हो । आईसीटी प्रविधिद्वारा सक्षम अन्य उधोगहरूमा कार्बन उत्सर्जनमा आएको कमी आईसीटी उधोगहरूले नै उत्सर्जित कार्बनको मात्रा १० गुणा बढी हुने अनुमान गरिएको छ ।

‘ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल पावर सोलुसन प्रदान गर्ने छन्, क्लाउड र अन्य इनोभेटिव प्रविधिमा प्राविधिक विशेषज्ञता साथ साथै विद्युतीय इलेक्ट्रोनिक्स र उर्जा स्टोरेजमा व्यापक अनुभव उपयोग गर्दै आएको छ,’ ह्वावे आसियान प्रशान्तका अध्यक्षले भने ।

नवीकरणीय ऊर्जा प्रबर्धन गर्न ह्वावेले १७० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो डिजिटल उर्जा सोलुसनहरू परिचालन गरेको छ जसले विश्वको एक तिहाई जनसंख्यालाई सेवा प्रदान गर्दछ ।

डिसेम्बर २०२० सम्म यी सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ र कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ । यी प्रयासहरूको परिणामस्वरूप सीओटु उत्सर्जनमा १६० मिलियन टन घटेको छ ।

सिंगापुरमा, उदाहरणका लागि, ह्वावे फ्यूजनसोलार सोलुसनले एक सोलार सोलुसन प्रदायक सनसेप ग्रुपलाई सहयोग गरेको छ जसले विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिंग फोटोभोल्टिक (PV) फार्महरू निर्माण गर्दछ ।

१३,३१२ सोलार प्यानल, ४० इन्भर्टरहरू र ३० हजारभन्दा बढी फ्लोटहरूको साथ यस पाँच हेक्टरमा आधारित सोलार प्लान्टले प्रति वर्ष ६,०२२,५०० किलोवाट उर्जा उत्पादन गर्ने अनुमान गरिएको ह्वावेले जनाएको छ ।

अनुमानित ४,२५८ टन कार्बन डाइअक्साइड अफसेट गर्दै यस टापुमा १,२५० चार–कोठा भएको सार्वजनिक आवास फ्ल्याटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्ने छ ।

‘ह्वावे ग्रीन एकीकृत आईसीटी सोलुसनको प्रवर्द्धन गर्न प्रतिबद्ध छ जसले अन्य उधोगलाई उर्जा संरक्षण र उत्सर्जन घटाउन सहयोग पुर्‍याउँछ,’ जेफ्री लियूले भने ।

उनले अगाडि भने, ‘हामी आसियानसँग संलग्न भई ऊर्जा–दक्ष, इको–फ्रेन्डली लो–कार्बन समाजको लागि कार्बन फुटप्रिन्ट कम गर्न स्वच्छ उर्जा उत्पादन, विद्युतीय यातायात र स्मार्ट उर्जा स्टोरेजको उपयोग गरेर सहयोग गर्नेछौं ।’

easy care

प्रकाशित: ४ श्रावण २०७८, सोमबार