अनलाइन कक्षाका कारण मोबाइल फोनको माग बढ्दो, ११ महिनामा नेपालमा ३४ अर्ब रुपैयाँ बराबरको आयात

Technology Khabar ३ श्रावण २०७८, आईतवार

अनलाइन कक्षाका कारण मोबाइल फोनको माग बढ्दो, ११ महिनामा नेपालमा ३४ अर्ब रुपैयाँ बराबरको आयात
सांकेतिक

काठमाडौं ।

नेपालमा आर्थिक वर्ष २०७७/७८ को ११ महिना अर्थात् २०७७ श्रावणदेखि २०७८ जेठ महिनाभरमा ३४ अर्ब १४ करोड ८४ लाख ५९ हजार रुपैयाँ बराबरको मोबाइल फोन आयात गरिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार चैत्र २०७७ साउनदेखि २०७८ जेठ मसान्तम्मको ११ महिनाको अवधिमा विभिन्न देशहरुबाट गरी ६५ लाख ५४ हजार ३२३ थान मोबाइल फोन आयात भएका हुन्।

यसमा वैशाखसम्ममा ६३ लाख ५५ हजार २३४ मोबाइल फोन आयात भएकामा २०७८ जेठ महिनामा भने १ लाख ९९ हजार ८९ थपिएर जम्मा ६५ लाख ५४ हजार ३२३ ओटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ५३ लाख ५९ हजार ३२९ ओटा मोबाइल फोन आयात भएका छन् जसको मूल्य २० अर्ब ७६ करोड ९४ लाख २७ हजार रुपैयाँ पर्न आउँछ।

यसपछि भारतबाट ११ अर्ब ८३ करोड ७२ लाख ७९ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ७५७ थान मोबाइल फोन आयात गरिएको छ।

यस्तै भियतनामबाट १ अर्ब २४ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको २ लाख ८५ हजार ७९७,  कोरियाबाट ५ करोड ९१ लाख ९९ हजार रुपैयाँ बराबरको ६९१ ओटा, यूएईबाट ७ करोड ९६ हजार रुपैयाँको १००१ थान, अमेरिकाबाट ६ करोड १४ लाख १४ हजार बराबरको १०२७ थान मोबाइं आयात भएको तथ्याङ्क छ।

यसैगरी हङकङबाट २ करोड ३४ लाख २२ हजार बराबरको ४३६ थान, अस्ट्रेलियाबाट १ करोड ९७ लाख ४० हजार बराबरको १०६४ थान, २ करोड २६ लाख ६४ हजार बराबरको ४२७ थान, कतारबाट १ करोड ४ लाख ५९ हजार रुपैयाँ बराबरको ३४१ थान आयात भएको छ।

यसबाहेक बेलायत, इन्डोनेसिया, फ्रान्स, जर्मनी, मलेसिया, साउदी अरेबिया लगायतका अन्य ४० मुलुकहरुबाट १ हजारदेखि ६३ लाखसम्मका १ देखि ८१३ थानसम्म मोबाइल फोन आयात गरिएको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये धेरै परिमाणमा ल्याइएकाहरु व्यावसायिक प्रयोजनका लागि र बाँकी फुटकर सङ्ख्याका मोबाइल फोन नमुना परीक्षण तथा व्यक्तिगत लागि ल्याइएको हुनसक्ने आकलन गर्न सकिन्छ।

प्रविधिप्रतिको चासो तथा कोरोना महामारीका कारण अनलाईन कक्षा तथा वर्क फ्रम होमजस्ता कारणले मोबाइल डिभाइसहरुको माग उल्लेख मात्रामा बढेको छ।

easy care

प्रकाशित: ३ श्रावण २०७८, आईतवार