१ खर्ब ९७ अर्ब डलरको सम्पत्तिसहित अमेजनको नेतृत्वबाट बाहिरिँदै जेफ बेजोस

Technology Khabar २० असार २०७८, आईतवार

१ खर्ब ९७ अर्ब डलरको सम्पत्तिसहित अमेजनको नेतृत्वबाट बाहिरिँदै जेफ बेजोस

काठमाडौं ।

अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस सोमबारबाट कम्पनीको नेतृत्वबाट बाहिरिने भएका छन्।

उनी ५७ वर्षको उमेरमा लगभग यो परिमाणको सम्पत्तिसहित बाहिरिन लागेका ब्लूमबर्गको बिलेनियर इन्डेक्सले जनाएको छ।

उनको सम्पत्तिको मुख्य आधार उनको कम्पनीमा रहेको ठूलो मात्राको शेयर तथा अन्य सम्पत्तिहरु हुन्। गत वर्ष उनले तलबमार्पत् ८१ हजार ८४० डलर र अमेजनबाट अन्य सुविधामार्फत् १६ लाख डलर कमाएका थिए।

यूएस सेन्सस ब्यूरोका अनुसार उनको सम्पत्ति कुनै साधारण अमेरिकीले ६५ वर्षको उमेरमा सेवा निवृत्त हुँदा प्राप्त गर्ने औसत कमाइको ७ लाख ३९ हजार ४८९ गुणा बढी हो।

६५ वर्षमा एक सामान्य अमेरिकीको कुल कमाइ २ लाख ६६ हजार ४०० डलर हुने ग्दछ। बेजोसको सम्पत्ति गत वर्ष कोरोना महामारीका कारण बजार बन्द भएर खनलाइन बजार उचालिएपछि अझै थुप्रिएको हो। सन् २०२० मा मात्रै उनको कुल सम्पत्तिमा ७५ अर्ब डलर थपिएको थियो।

उनी सन् २०१७ सम्म ८८ अर्ब डलर बराबरको सम्पत्ति भएको बेलायतको राजसंस्थाभन्दा दुई गुणाभन्दा बढी धनी छन्। उनको सम्पत्ति विश्वका कुनै देशका कुल गार्हस्थ उत्पादन भन्दा पनि बढी छ।

उनको प्रत्येक सेकेन्डमा थपिने सम्पत्ति कुनै अमेरिकी कामदारको हप्तामा हुने कमाइभन्दा पनि बढी हुन्छ।

केही समययता उनीमाथि अमेजनका कर्मचारीलाई निकृष्ट वातावरणमा काम लगाएर सम्पत्ति कमाउनमा मात्रै जोड गरेको आरोप लाग्दै आएको थियो।

बेजोसको ठाउँमा सोमबारदेखि एन्डी ज्यास्सीले अमेजनका सीईओको रुपमा कार्यभार सम्हाल्दैछन्। अमेजन स्थापना भएकै मिति जुलाइ ५ का दिन बेजोसले अमेजनको नेतृत्वबाट अवकाश लिन लागेका हुन्।

easy care

प्रकाशित: २० असार २०७८, आईतवार