एलजी कर्पोरेशनद्वारा काकाओ मोबिलिटीको स्टेक १ खर्ब युआनमा खरिद

Technology Khabar २० असार २०७८, आईतवार

एलजी कर्पोरेशनद्वारा काकाओ मोबिलिटीको स्टेक १ खर्ब युआनमा खरिद

काठमाडौं ।

एलजी कर्पोरेशनले काकाओ मोबिलिटीको एक स्टेक १ खर्ब युआनमा किनेको बताएको छ।

एलजी बिजनेश ग्रुपको होल्डिङ कम्पनीले आफूले मोबिलिटी संस्था तथा आफ्ना माहतहतका कम्पनीहरु एलजी इनर्जी सोलुशन र एलजी इलेक्ट्रोनिक्सबीच तालमेल बनिरहोस् भन्ने चाहेको बताएको छ।

एलजी कर्पोरेशनका अनुसार एलजी इनर्जी सोलुशनले बास प्रविधिका लागि ब्याट्री ट्राभलिङ डाटा सुरक्षित गर्छ भने एलजी इलेक्ट्रोनिकस्ले विद्युतीय कार चार्जिङ सोलुशनमा केन्द्रित हुनेछ।

काकाओ मोबिलिटीले चालकहरुका लागि न्याभिगेशन एप काकाओ टी उपलब्ध गराउँछ। कम्पनीले अब आफ्ना सेवा विद्युतीय कारहरुमा उपलब्ध गराउने योजना बनाएको छ।

एलजी र काकाओ मोबिलिटी साझेदारीका लागि नियमित रुपमा छलफल गर्ने र मिलेर नयाँ व्यापार विकास गर्ने कर्पोरेशनको भनाइ छ।

दुवै मिलेर एलजीको ब्याट्री क्षमता तथा गाडीसम्बन्धी अवयवहरु काकाओ मोबिलिटीको प्लेटफर्ममा समन्वय गर्ने बुझिएको छ।

easy care

प्रकाशित: २० असार २०७८, आईतवार