स्पेसएक्सद्वारा एकै पटकमा ८८ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

Technology Khabar १७ असार २०७८, बिहीबार

स्पेसएक्सद्वारा एकै पटकमा ८८ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं ।

स्पेशसएक्सले बिहीबार आफ्नो दोस्रो राइड शेयर मिशन अन्तर्गत फ्लोरिडामा रहेको लञ्च स्टेशनबाट ८८ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

यो प्रक्षपणपछि इलन मस्कको कम्पनी स्पेशएक्सले यो वर्ष अन्तरिक्षमा प्रक्षेपण गरेका उपकरणहरुको सङ्ख्या ९०० हाराहारी पुगेको छ।

ट्रान्सपोर्टर २ मिशनका लागि पुन: प्रयोग गरिएको फाल्कन ९ रकेट ८८ ओटा स्याटेलाईट बोकेर स्थानीय समयअनुसार बिहीबार बिहान साढे ३ बजे अन्तरिक्षका लागि प्रस्थान गरेको हो।

यसमा रहेका ८८ मध्ये पहो ५ ओटा नयाँ पेन्टागन एजेन्सीका र बाँकी स्याटेलाईटहरु विभिन्न कम्पनी, देश तथा विद्यालयहरुका रहेका स्पेशएक्सले जनाएको छ।

स्पेसएक्सको फाल्कन ९ रकेट ३:३१ ईटी मा फ्लोरिडाको केप क्याभर्नलबाट कम्पनीको यो वर्षको २० औं प्रक्षेपण तथा रकेटको पहिलो चरणको बूस्टरको आठै उडानका रुपमा प्रस्थान गरेको थियो। उक्त बूस्टर १० मिनेटपछि स्पेस एक्सको समुद्र किनारामा बनेको ल्याण्डिङ जोन १ मा अवतरण गरेको थियो।

यसैबीच फाल्कन ९ को दोस्रो चरणको बूस्टरले ८८ ओटा स्याटेलाइटलाई सूर्यसँग सामञ्जस्य राख्नेगरी बनाइएको पृथ्वीको अक्षमा पुर्याएको थियो।

तीमध्ये ३६ ओटा साना स्याटेलाइट साना स्याटेलाइटहरुका लागि स्पेशएक्सको रकेटमा ठाउँ बुक गर्ने कम्पनी स्पेसफ्लाइटले बनाएको नयाँ पेलोडमा स्थापना गरिएका थिए।

यो प्रक्षेपण स्पेसएक्सको कम खर्चको स्मलस्याट राइडशेयर प्रोग्राम अन्तर्गतको दोस्रो मिसन हो। यस अन्तर्गत साना स्याटेलाइटहरु अन्तरिक्षमा लैजानका लागि घटीमा १० लाख डलरदेखि भाडा लिइएको छ।

यस्तो सस्तो प्रक्षेपणको सुविधा आएदेखि साना खालका स्याटेलाइटहरुलाई अन्तरिक्षमा पुर्याउन ठूला प्रक्षेपणमा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। स्पेसएक्सको राइड शेयर प्रोग्रामले सञ्चार देखि पृथ्वीको अवलोकनका लागि पठाइने साना आकारका स्याटेलाइटको बजारलाई केन्द्रमा राख्न खोजेको छ।

यो रकेटमा रहेका पेन्टागनको स्पेश डेभलपमेन्ट एजेन्सी नामक संस्थाको ५ स्याटेलाईटले एक आपसमा अन्तरिक्षमा लेजर सञ्चारको परीक्षण गर्नेछन् भने अर्को परीक्षणमा अन्तरिक्षको डाटा प्रोसेसिङको पनि अध्ययन गर्नेछन्।

रकेटमा रहेका अन्य उपकरणमा रेडियइ तरंगको डाटा संकलन गर्ने जियोस्पाटियल अनुसन्धान संस्था हकआई३६० का केही स्याटेलाइट, म्यारिटाइम रेडियो तरंग पत्ता लगाएर पृथ्वीमा स्थापना गर्ने हिसाबले केलोस नामको रेडियो तरंग अनुसन्धान संस्थाका केही स्याटेलाइट थिए।

यसबाहेक अन्तरिक्षबाट सरकारहरुलाई अप्टिकल र रिमोट सेन्सिङ सुविधा प्रदान गर्ने टाइभ्याक नामक स्याटेलाइट संस्थाका दुई ओटा नानो स्याटेलाइट पनि समावेश थिए।

एजेन्सीको साथमा

easy care

प्रकाशित: १७ असार २०७८, बिहीबार