रेजरको प्रोजेक्ट हेजल नामको आरजीबी फेस मास्क यसै वर्षको चाैथो त्रैमासमा आउने

Technology Khabar २ असार २०७८, बुधबार

रेजरको प्रोजेक्ट हेजल नामको आरजीबी फेस मास्क यसै वर्षको चाैथो त्रैमासमा आउने

काठमाडौं ।

रेजरले ई३ इभेन्टमा कीनोट प्रस्तुति दिने क्रममा कम्पनीले यस वर्षको सीईएसमा घोषणा गरेका विभिन्न उत्पादनहरुमध्ये एउटाको अपडेट ल्याएको बताएको थियो।

प्रोजेक्ट हेजल पुन: प्रयोग गर्न मिल्ने फेस मास्क हो जसले रेजर ब्रान्डका पारखी तथा समाचार माध्यमको ध्यान आकृष्ट गरेको थियो। यो मास्कमा रेजरको क्रोमा आरजीबी लाइटिङ उपलब्ध छ भने यसले प्रयोगकर्ताको स्वरलाई बढाउँछ र मुखको भागमा पारदर्शी रहेको छ।

यसमा फेर्न मिल्ने दुई ओटा एन९६ फिल्टर राखिएको छ भने डिजाइन भने पारदर्शी छ। रेजरले यूजरको मुख देखाउन भित्रपट्टि पनि लाइट राखेको छ। मास्कको पारदर्शी भागमा वाफले असर नगर्ने बनाइएको छ।

रेजरले इन्स्टाग्राममा एउटा फिल्टर क्रियट गरेर सबैले भर्चुअल रुपमा यसलाई लगाउन सक्ने बनाएको छ। यसले यूजरलाई @Razor ट्याग गर्न लगाएर फेस मास्क नै उपहार दिने पनि योजना ल्याएको छ।

easy care

प्रकाशित: २ असार २०७८, बुधबार