रेडमी नोट १० सिरिज भारतमा २० लाख थान बिक्री, एमआई ११ एक्सले पनि राम्रो व्यापार गर्दै

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

रेडमी नोट १० सिरिज भारतमा २० लाख थान बिक्री, एमआई ११ एक्सले पनि राम्रो व्यापार गर्दै

काठमाडौं ।

भारतमा मार्चको पहिलो साता सार्वजनिक भएको चिनियाँ कम्पनी शाओमीको रेडमी नोट १० सिरिज हालसम्म २० लाख थान बिक्री भएको छ। यसबापत् कम्पनीको कारोबार झण्डै ५ अर्ब नेपाली रुपैयाँको हाराहारी भएको छ।

भारतको यो आँकडा मिसाउँदा रेडमी नोटको शुरुवातदेखि हालसम्म विश्वभरमा लगभग २० करोड थान बिक्री भइसकेको तथ्याङ्क छ।

शाओमी इन्डियाका प्रबन्ध निर्देशक मनुकुमार जैनका अनुसार रेडमीनोट सिरिजले विश्वमै राम्रो व्यापार गरिरहेको र भारतमा निकै चर्चित रहेको छ। उनले यदि यो छुट्टै ब्रान्ड भैदिएको भए भारतका चर्चितमध्ये कमसेकम तेस्रो वा चोथो ब्रान्डका रुपमा स्थापित हुनसक्ने बताए।

यसबाहेक शाओमीकै अर्को सिरिज एमआई ११एक्स पनि चर्चा र व्यापारका हिसाबले भारतमा अब्बल देखिएको छ।

यस सिरिजका एमआई ११एक्स र एमआई ११एक्स प्रोले सार्वजनिक भएयता भारु ३ अर्ब बराबरको व्यापार गरिसकेका छन्।

easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार