चीनले तयार पारेको कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै शक्तिशाली !

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

चीनले तयार पारेको कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै शक्तिशाली !

काठमाडौं ।

चिनियाँ वैज्ञानिकहरुले तयार पारेको कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै शक्तिशाली भएको रिपार्ट सार्वजनिक भएको छ।

डेली मेलको रिपोर्टअनुसार चीनको कृत्रिम सूर्यको तापक्रम वास्तविक सूर्यभन्दा १० गुणा अधिकसम्म पुुगेको छ। चिनियाँ वैज्ञानिकहरुका अनुसार यसले पुरानो रेकर्ड समेत तोडेको छ । अझ स्पष्टरुपमा भन्नुपर्दा १० सेकेन्डका लागि कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १६ करोड डिग्री सेल्सियस तापक्रम हासिल गरेको थियो।

यो १०० सेकेण्डसम्म वास्तविक सूर्यभन्दा १० गुणा धेरै तातिएको छ । यो कृत्रिम सूर्यले वास्तविक सूर्यजत्तिकै प्रकाश दिने र ऊर्जाको आवश्यकतालाई परिपूर्ति गर्ने बताईएको छ।

चिनियाँ वैज्ञानिकहरुले कृत्रिम सूर्यले १२ करोड डिग्री सेल्सियसभन्दा धेरै तापक्रम हासिल गर्नु नै ठूलो सफलता भएको बताएका छन्। यसपटक वैज्ञानिकहरुले १०० सेकेन्डका लागि १० करोड डिग्री सेल्सियसको प्लाज्मा तापक्रम बनाइराख्नका लागि यसअघिको रेकर्ड तोडेका हुन् ।

चीनको शेन्झेनको दक्षिणी विज्ञान तथा प्राविधिक विश्वविद्यालयका भौतिक विभागका निर्देशक ली मियाओका अनुसार अबको लक्ष्य रियाक्टर एक साताका लागि निरन्तर स्थिर तापक्रममा संचालन गर्नु रहेको बताए। उनले चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई भने, ‘यो महत्वपूर्ण सफलता हो। अगामी लक्ष्य तापक्रमलाई लामो समयसम्म स्थिर राख्नुु हुनेछ। अब यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’

चीनको सबैभन्दा ठूलो र सबैभन्दा एडभान्स आणविक परमाणु फ्युुजन उपकरणले तातो प्लाज्मालाई फ्युुजन गर्नका लागि एउटा शक्तिशाली चुम्बकीय क्षेत्रको प्रयोग गर्ने गर्दछ। यो लगभग अनन्त स्वच्छ ऊर्जा प्रदान गर्नका लागि सूर्य र ताराहरुमा स्वभाविक रुपमा हुने आणविक फ्युुजन प्रक्रियालाई दोहोर्याउनका लागि डिजाइन गरिएको हो।

चीनको पूर्वी आनहुुई प्रान्तमा रहेको यो रियाक्टरलाई अत्यधिक गर्मी र शक्तिका कारण ‘कृत्रिम सूर्य’ भन्ने गरिन्छ। यसलाई गत वर्षको अन्तिमतिर तयार गरिएको थियो।

चिनियाँ वैज्ञानिकहरु आणविक फ्युुजन रिएक्टरको साना संस्करणहरु विकास गर्नका लागि सन् २००६ देखि काम गरिरहेको बताईएको छ ।

अर्को तर्फ फ्रान्समा पनि विश्वको सबैभन्दा ठूलो आणविक फ्युुजन अनुसन्धान परियोजना चलिरहेको छ, जुन सन् २०२५ मा पूरा हुने विश्वास गरिएको छ।

यस्तै दक्षिण कोरियाको पनि आफ्नो कृत्रिम सूर्य कोरिया सुपरकन्डक्टिङ टोकामक एडभान्स रिसर्च (केएरसटीआर) रहेको छ। जसले २० सेकेन्डका लागि १० करोड डिग्री सेल्सियस तापक्रम स्थिर राख्न सफल भएको छ।

चीनको रिएक्टरको तापक्रम १२ करोड डिग्री सेल्सियससम्म पुुगेको छ। जब कि वास्तविक सूर्यको अधिकतम तापक्रम १५ मिलियन डिग्री सेल्सियस रहेको छ। त्यसैले चीनको सो रिएक्टरलाई वास्तविक सूर्यभन्दा पनि शक्तिशाली भन्ने गरिएको छ।

रिएक्टर यति तातो हुनुको कारण परमाणु फ्यूजन हो, किनकि रियाक्टरले आणविक फ्यूजन प्रतिक्रियाहरू चलाउँछ। आणविक फ्यूजनले संचित परमाणु उर्जा फ्यूज गर्न बाध्य पार्छ र प्रक्रियामा एक टन तातो उत्पन्न हुन्छ। एजेन्सीहरुका साथ

easy care

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार