एप्पलले पोडकास्टमा सदस्यता शुल्क लिन सकिने प्रकृयामा ढिलाई गर्ने

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

एप्पलले पोडकास्टमा सदस्यता शुल्क लिन सकिने प्रकृयामा ढिलाई गर्ने

काठमाडौं ।

एप्पल इंकले आफ्नो पोडकास्ट सदस्यता सेवा सुरू गर्न ढिलाई गर्ने भएकोछ । कम्पनीले जूनसम्म ढिलाइ गरिरहेको बताईएकोछ ।

केहि पोडकास्ट क्रिएटरहरूले उनीहरूको शो अपलोड गरेपछि देखिएको समस्याका कारण सेवा शुरु गर्न ढिलो भएको रोयटरले उल्लेख गरेको छ ।

यसअघि एप्पलले अप्रिलमा यस्तो सेवा पेश गरिरहेको बताएको थियो जसमा पोडकास्ट क्रिएटरहरूले उनीहरूको शोको लागि शुल्क लिन सक्नेछन् । एप्पलले सदस्यताको पहिलो वर्षमा ३० प्रतिशत कमिशन लिने भएको छ र त्यसपछि १५ प्रतिशतमा कमिसन झार्ने बताएको छ ।

सेवा मूल रूपमा यस महिनामा लन्च गरिने तयारी गरिएको थियो।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार