माइक्रोसफ्टले भन्यो- सोलारविन्ड्सका ह्याकरहरुले अब गैरसरकारी संस्थालाई लक्षित गर्दै

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

माइक्रोसफ्टले भन्यो- सोलारविन्ड्सका ह्याकरहरुले अब गैरसरकारी संस्थालाई लक्षित गर्दै

काठमाडौं ।

अमेरिकी पावर कम्पनी सोलारविन्ड्समा गत वर्ष पहिचान गरिएको साइबर हमला पछाडि रहेको समूहले अब सरकारी एजेन्सीहरू, थिंक ट्यांकहरू, परामर्शदाताहरू र गैर सरकारी संस्थाहरूलाई लक्षित गरिरहेको माइक्रोसफ्ट कर्पले बिहीबार बताएको छ ।

‘यस हप्ता हामीले थ्रेट एक्टर नोबेलियमले सरकारी एजेन्सीहरू, थिंक ट्यांकहरू, परामर्शदाताहरू र गैरसरकारी संस्थाहरूलाई लक्षित गरेको साइबरट्याक्स अवलोकन गरेका छौं,’ माइक्रोसफ्टले एक ब्लगमा भनेको छ।

माइक्रोसफ्टका अनुसार सन् २०२० मा सोलारविन्ड्सका ग्राहकहरूमाथि भएको हमलामा रुसबाट आएको नोबेलियम जस्तै हालको थ्रेट एक्टर हो ।

‘यो आक्रमणको लहरले १५० भन्दा बढी बिभिन्न संगठनहरुमा करीव ३,००० ईमेल खाताहरु लक्षित गरेको छ,’ माइक्रोसफ्टले भनेको छ ।

अमेरिकामा भएका संगठनहरूमा आक्रमणको सबैभन्दा बढी हिस्सा रहेकोछ भने लक्षित गरिएका पीडितह कम्तिमा २४ देशबाट आएको माइक्रोसफ्टले जानकारी दिएको छ ।

यस साइबर आक्रमणमा कम्तिमा एक चौथाई लक्षित संगठनहरू अन्तर्राष्ट्रिय विकास, मानवीय मुद्दाहरू र मानव अधिकारको काममा संलग्न रहेका माइक्रोसफ्टले ब्लगमा भनेको छ ।

यसअघिका आक्रमणहरुमा अमेरिका र बेलायतले रसियालाई आरोप लगाएका थिए भने रसियाका गुप्तचर प्रमुखले सो कुरा अस्विकार गरेका थिए ।

माइक्रोसफ्टले बिहिबार सार्वजनिक गरेको साइबर आक्रमण यसअघिकै अमेरिकी सरकारी निकायहरुमा भएको ह्याकिङ्ग र र्यान्समवेयर आक्रमणको निरन्तरता भएको बताएको छ । कम्पनीले  यस बारेमा सबैलाई सूचित गरिने जनाएको छ । एजेन्सी

easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार