मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ सेवा संचालनमा

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ सेवा संचालनमा
Classic Tech

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाका लागि भन्दै मिस्ड कल बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् ।

यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने बैंकले उल्लेख गरेको छ ।

यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट पनि विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

TK Viber

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

Loading...