मस्कको ट्वीटपछि डजिक्वाइनको मूल्यमा छलाङ

Technology Khabar ७ जेष्ठ २०७८, शुक्रबार

मस्कको ट्वीटपछि डजिक्वाइनको मूल्यमा छलाङ

काठमाडौं ।

टेस्लाका सीईओ एलन मस्कले ट्वीट गरेपछि क्रिप्टोकरेन्सी डजिक्वाइनको मूल्य बिहीबार ११ प्रतिशतले उकालो लागेको छ।

उनको ट्वीटपछि ११ प्रतिशतले वृद्धि भएर डजिक्वाइनको मूल्य ४० सेन्ट हाराहारी पुगेको थियो। मस्कले आफ्नो ट्वीटमा ‘हाउ मच इज द्याट डजि इन द विन्डो?’ लेखेका थिए।

बुधबार बिटक्वाइन, इथेरियम तथा डजिक्वाइनजस्ता क्रिप्टोकरेन्सीको मूल्यमा उल्लेख्य गिरावट आएपछि आज बिहीबार भने मस्कको ट्वीटसँगै डजिक्वाइनलाई भने केही राहत मिलेको हो।

मस्कले बेलाबेलामा डजिक्वाइनका बारेमा ट्वीट  गर्ने गरेका छन् भने अधिकांश ट्वीटले यसको मूल्यमा सकारात्मक असर नै पारेका हुन्छन्। केही समयअघिको एउटा भाषणपछि भने यो क्रिप्टोको मूल्य उल्लेख्य रुपमा घटेको थियो।

easy care

प्रकाशित: ७ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार